Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

व्यवसायीक तरकारी खेतीवाट वार्षिक लाखौं आम्दनी

सुर्खेत ,६ बैशाख । सुर्खेतको वीरेन्द्रनगर–९ तल्लो प्रसेनीका भद्र बहादुर बुढाले तरकारी खेती व्यवसाय वाट मनगय आम्दानी गर्न सफल भएका छन्। उनले व्यववासायिक रुपमा तरकारी खेती गरि मनग्य आम्दानी गर्न थालेका छन् । युवाहरु विदेश पलायनको समयमा समेत उनले ब्यबसायिक तरकारी खेती सञ्चालन गरी आम्दानी गर्ने युवाहरुको नमुना वनेका छन् । सामान्य शैक्षिक याेग्यता हसिल गरेका बुढाले १२ कठ्ठा जग्गा भाडाम लिई तरकारी खेती गर्दै अायका छन् ।

हाल दैनिक बजारमा तरकारी विक्री गर्दै अायकाे बताए बुढाले तरकारी विक्री वाट वार्षिक ३ लाख देखि ४ लाख रुपैया सम्म आम्दानी हुने गरेको वताए ।बुढाकाे घरमा ७ जनाको परिवार छन । हाल ब्यबसाय सञ्चालन गरे देखि घरपरिवार पालन पाेषन बाहेक सवै खर्च कटाएर बुढाले ३ लाख रुपैया वचत हुने गरेको भनाई छ ।


स्वदेशमा नै काम गर्न थाले विदेश जान नपर्ने उहाँको भनाई छ । विदेशमा पैसा मात्र हुने अाफनाे परिवार साथमा नहुने उहाले बताए नेपालमा ब्यबसाय सञ्चालन गरेकोमा परिवार र पैसा दुबै हुने जानकारी दिय। पैसामात्र भएर नहुने तथा विदेशको जस्तो दुख पनि त गरेको छैन । राम्रै छ यसै व्यवसायमा खुसी छु । ब्याबसायिक तरकारी खेती अंगालेका बुढाहाल व्यवसायबाट सन्तुष्ट छन् । जागिरभन्दा व्यवसाय नै उपयुक्त लागेको बुढाकाे भनाईछ ।


गरिवि निवारण कोषको सहयोगमा स्थानीय विकास कोष सुर्खेतले उनको गाउमा सञ्चालन गरेको घुम्ती कोष गंङ्गामाला सामुदायिक सस्थाका अध्यक्ष समेत रहेका भद्र बहादुर बुढाले समुहवाट ७५ हजार रुपैया ऋण लिएका छन् । समुहमा वसेपछि आफुले व्यवसाियक तरकारी खेती व्यवसाय सुरु गरेको उनको भनाई छ ।

व्यवसाय गर्न चाहने समूहका सदस्यलाई सामुदायिक सस्थाले व्यवसाय सञ्चालनसम्बन्धी तालिम दिएपछि गंगाले सो व्यवसाय शुरु गरेको वताईन् । तरकारी खेति गर्दे आएको थिए तर व्यवसायिक रुपमा भने भरखरै गर्दे आएको उनको भनाई छ ।  बुढालेे थाेेेरैर पुँजी बाट पनि व्यवसाय सुरु गर्न सकिन्छ भन्ने उदारणसमेत बनेका छन ।


ताजा समाचार