Loading... आजः शुक्रबार, अशोज १, २०७८

सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी

बैशाख ६ सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघमा तालाबन्दी भएको छ । उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिको कार्यशैलीप्रति असन्तुष्ट बनेका व्यवसायीको समूहले बिहीवार वीरेन्द्रनगर रहेको कार्यालयको दुई वटा गेटमा तीन वटा ताला लगाएको छ ।

असन्तुष्ट आम व्यवसायीको तर्फबाट संयोजक कलाधर शर्मा (केदार) को नेतृत्वमा उद्योग वाणिज्य संघ कार्यालयको मुल गेटमा दुई वटा र कार्यालय कक्ष एक वटा ताला लगाइएको हो ।

आम उद्योगी, व्यवसायीहरुको सहभागितामा उद्योग वाणिज्य संघको विधान संशोधन गर्नुपर्ने, वर्तमान कार्यसमिति भंग गरी सबैको सहभागितामा तदर्थ समिति गठन गरी सोही समितिमार्फत आगामी निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने, संयुक्त व्यवसायीहरुको तर्फबाट विगतमा राखिएका मागहरु निःशर्त पुरा गर्नुपर्ने माग राख्दै तालाबन्दी गरिएको जनाइएको छ ।

धेरै व्यवसायीहरुको भावना विपरित संघको वर्तमान कार्यसमितिले विधान संशोधन, निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको भन्दै संयोजक शर्माले वार्ताको वातावरण बनाउन ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएपछि बाध्य भएर अनिश्चितकालका लागि तालाबन्दी गरिएको बताए ।

वर्तमान कार्यसमितिले उद्योग वाणिज्य संघको विधान संशोधन गरी अध्यक्ष र कार्यसमितिको पदाधिकारीमा उम्मेदवारी दिन कडा शर्तहरु राखिएको छ भने कार्यसमितिको संख्या समेत घटाइएको छ ।

Lokaantar.com  बाट साभार


ताजा समाचार