Loading... आजः बुधबार, कार्तिक १०, २०७८

बारेकोटमा १० दिने उद्यमशिलता तालिम सम्पन्न

जाजरकोट ,६ बैशाख । जाजरकोटकाे बारेकोट गाउँपालिकाम १० दिने उद्यमशिलता तालिम सम्पन्न गरिएको छ। घरेलु तथा साना उद्योग बिकास समिति शाखा कार्यालय जाजरकोटकाे अार्थिक सहयोगमा उक्त तालिमको अायाेजना गरिएको थियो । ब्यराेजगारि समस्या लाई मध्य नजर गरि तालिमको अायाेजना गरिएको घरेलुु तथा साना उद्योग बिकास समिति शाखा कार्यालय जाजरकोटकि उद्योग अधिकृत ईन्दिरा भुसालले जानकारी दिईन । अार्थिक बर्ष २०७४/०७५ काे बिनियाेजित बजेट अनुसार गरिव जेहन्दार हरुलाई सीप बिकास तालिमको समेत जिल्ला जाजरकोटका प्रत्येक स्थानीय तहहरुमा सञ्चालन गरिएको अधिकृत भुसालले जानकारी दिईन ।

उता बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले घरेलुु उद्योग दिन प्रतिदिन जाजरकोटमा लाेप हुदै गएकोले हाल उक्त तालिमले थप उर्जा दिने बताए । तालिम गत चैत २७ गते देखि ६ गते सम्म सञ्चालन गरिएको थियो । तालिममा २२ जना स्थानीय हरुकाे सक्रिय सहभागीता रहेको घरेलु तथा साना उद्योग बिकास समिति जाजरकोटका तथ्यांक सहायक माेतिराम तिरुवाले बताए । तालिमको प्रशिक्षण रेशम बहादुर खड्का र माेतिराम तिरुवाले गरेका थिय।


ताजा समाचार