Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

बर्दिया टाइगर्सद्धारा पाल्पा योद्धाज पराजित, रोल्पा गोरील्लाज र बाँके ब्लास्टर खेल्दै

कोहलपुर । आशिर्बाद पेन्ट्स नेपालगञ्ज कप टि-२० क्रिकेट प्रतियोगिताको चौथो दिनको पहिलो खेलमा बर्दिया टाइगर्सले पाल्पा योद्धाजलाई ८ रनले पराजित गर्दै आफ्नो दोश्रो खेलमा पहिलो जित हाँसिल गरेको छ। पाल्पाको यो लगातार दोश्रो हार हो।

टस हारेर ब्याटिंग गरेको बर्दिया टाइगर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४१ रनको योगफल तयार गरेको थियो। उसको लागि कप्तान शुबेन्दु पाण्डेले सर्वाधिक ३६ रन बनाउन ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने बिश्वास श्रेष्ठले अविजित २१ रन बनाए। यस्तै आकाश बिस्टले १८ तथा नबिन ओलीले १७ रन योगदान दिए।

पाल्पा योद्धाजका बलर विजय चौधरीले सर्वाधिक २ विकेट लिन ४ ओभरमा ३३ रन खर्चिए। अमित तामांग, भिम धमला र यस हमालले समान १/१ विकेट हात पारे।

जवाफमा १४२ रन लक्ष्य पछ्याएको पाल्पा योद्धाजले पुरा २० ओभर ब्याटिंग गर्दा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो। अनुपम सिंहले अविजित ४४ रन तथा प्रनित थापाले ३९ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन। अनुपमले ३७ बलमा १ छक्का र ६ चौका तथा प्रनितले ३१ बलमा ५ चौका र १ छक्का हिर्काए।

बर्दिया टाइगर्स बलर राजबिर सिंह, अविनाश बोहारा र भारत थापाले समान २/२ विकेट हात पारे। खेलको प्लेयर अफ द म्याच शुबेन्दु पाण्डे घोषित भए।

अहीले दोस्रो खेलमा रोल्पा गोरील्लाज र बाँके ब्लास्टर बिच भैरहेको छ ।


ताजा समाचार