नेपालगन्ज कप क्रिकेट अन्तरगत बुधबार भएको पहीलो खेलमा एबरोल लुम्बिनी यात्रीज वीजयी
कोहलपुर । कोहलपुरमा जारी आर्शिवाद पेन्ट्स नेपालगन्ज कप क्रिकेट अन्तरगत बुधबार(आज) भएको पहीलो खेलमा एबरोल टि एम टी लुम्बिनी यात्रीजले एनआईसी एसिया दङ्गाली गोर्खाजलाई ३ विकेटले पराजित गरेको छ ।
टस हारेर पहीले ब्याटिङ गरेको दङ्गाली गोर्खाजले निर्धारीत २० ओभरको खेलमा ८ बिकेट गुमाउदै १ सय ७ रन बनायो जसका लागी अमर सीह रौटेलाले २६, विनाएक गीरीले २४ र मनोज सुनारले १७ रन बनाए ।
बलिङ तर्फ लुम्बिनी यात्रीजका सुनील सुनार र निजामुद्धिन अन्सारीले समान २ २ बीकेट लीए ।
१ सय ८ रनको लक्ष्य पाएर मैदानमा उत्रिएको लुम्बिनी यात्रीजले १८ ओभर ५ बलमा ७ बीकेट गुमाउदै लक्ष्य पुरा गयो । जसमा बसीर अहमदले ३५ र कृष्ण कार्कीले २२ रन बनाए ।
बलिङ तर्फ दङ्गाली गोर्खाजका सन्दीप सुनार, अमर सीह रौटेला र समीद अन्सारीले समान २ २ बीकेट हात पारे ।
उक्त खेलको प्लेयर अफ द म्याच लुम्बिनी यात्रीजका बसीर अहमद घोषीत भए ।