Loading... आजः मङ्लबार, अशोज ५, २०७८

नेपालगन्ज कप क्रिकेटकाे दाेस्राे दिन दङ्गाली गोर्खाज र लुम्बिनी यात्रीज विजयी

काेहलपुर । आर्शिवाद पेन्ट्स नेपालगन्ज कप क्रिकेट अन्तरगत आजको दोस्रो खेलमा एनआईसी एसिया दङ्गाली गोर्खाजले पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई ६ विकेटले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको पप्पुु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजको सुरुवातदेखि अन्त्यसम्मै खराब प्रदर्शन रह्यो । कप्तान सौरभ खनालले ३८ बल खेल्दै ३६ रन जोड्दा उपकप्तान सम्मसुद्दिन अन्सारीले ११ तथा शेर ओलीले १० रन बनाए । अन्य ७ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । रोल्पा गोरिल्लाज १८ दशमलब ५ बलमा मात्र ९५ रन जोड्दै अल आउट भएको थियो ।

रोल्पा गोरिल्लाजका ब्याट्सम्यानलाई सुरुदेखि नै दवावमा राखेको दङ्गाली गोर्खाजका सागर ढकालले ४ विकेट र विष्णु कटारियाले ३ विकेट लिए ।

९६ रनको लक्ष्य पछ्याएको दङ्गाली गोर्खाजका ओपनर सन्दीप सुनारले १९ बलमा ३६ रन बनाए भने उप कप्तान विनायक गिरी र सुजन पुनले समान १६ रन बनाए । १४ ओभरमा ४ विकेटको क्षतिमा नै दङ्गाली गोर्खाजले जित हासिल गर्न सफल भयो । ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका एनआईसी एसियाका सागर ढकाल दोस्रो खेलको म्यान अफ द म्याच भए ।

मंगलवार भएको पहिलो खेलमा एबरोल टी एम टी लुम्बिनी यात्रीजले जित हासिल गरेको छ । कोहलपुर क्रिकेट मैदानमा भएको पहिलो म्याचमा एबरोल टि एम टि लुम्बिनी यात्रीजले ६ विकेटले जितेको छ । पहिलो खेलमा टस जितेर एबरोल टि एम टी लुम्बिनी यात्रीजले फिल्डिंग रोजेको थियो । पहिले ब्याटिंगको निम्तो पाएको जिसान बांके ब्लास्टरको सुरुवात गरेको थियो । जिसान बांके ब्लास्टरका कप्तान प्रज्वल शाहीले १२ रन बनाए भने सुदिप नेपाली र अख्तर हुसैनले १३ १३ रन बनाएका थिए । छैठौ ब्याट्सम्यानको रुपमा मैदानमा प्रवेश गरेका सोनु तामाडंले भने आर्कमक पारी खेल्दै जम्मा १७ बलमा ५८ रनको अर्धशतकिय पारी खेलेका थिए । जस्मा ८ वटा छक्का र एउटा चौका प्रहार गरेका थिए । निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै जिसान बांके ब्लास्टरले १३८ रन बनाएको थियो ।एबरोल टी एम टी लुम्बिनी यात्रीजका लागि सुनिल सुनार,बासिर एहमद र निजामुद्दिन हल्वाईले २,२ विकेट लिन सफल भए ।

१३९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको एबरोल टी एम टी लुम्बिनी यात्रीजले ७ बल अगाडी विजय प्राप्त गरेका थिए । जस्का लागि ओपनर ब्याट्सम्यान विशाल खत्रीले ४६ बल खेल्दै ६६ रन बनाएका थिए भने बसिर अहमदले १६ बल खेल्दै ३५ रन बनाएका थिए । जिसान बांके ब्लास्टरका लागि गोपाल सिंहले २ विकेट लिएका थिए । अर्धशतकिय पारी खेलेका एबरोल टी एम टी लुम्बिनी यात्रीजका ६६ रन बनाएका विशाल खत्री म्यान अफ द म्याच घोषित भएका थिए ।

भोलिको पहिलो खेल एबरोल टीएमटी लुम्बिनी यात्रीज र एनआईसी एसिया दङ्गाली गोर्खाज तथा दोस्रो खेल पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज र अर्घाखाँची सिमेन्ट्स बर्दिया टाईर्गसबीच हुने छ ।


ताजा समाचार