Loading... आजः बुधबार, मंसिर १७, २०७७
Trending

एमाले-माओवादी एकतालाई कुनै तागतले रोक्न सक्दैनः खनाल

फाईल फाेटाे

विराटनगर । नेकपा एमालेका नेता झलनाथ खनालले एमाले माओवादीको एकतालाई कसैले रोक्न नस्कने दाबी गरेका छन । पार्टी प्रतिशतका आधारमा नभई समानताको आधारमा हुने उनले बताए ।

शनिबार विराटनगर विमानस्थालमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दैै नेता खनालले पार्टी एकतालाई धर्तीको कुनै तागतले रोक्ने नसक्ने दाबी गरे । उनले भने, ५०-५० प्रतिशत भन्ने सहमति भएको छैन । समानताको आधारमा पार्टी एकीकरण हुन्छ, सहमति भएको कुरा पनि त्यही होे ।’

अघि भने, ‘९ वैशाख मा होस या १८ मा, अब पार्टी एकीकरण हुन्छ, हुन्छ । दुई पार्टीको एकतालाई यो धर्तीको कुनैपनि तागतले रोक्न सक्दैन ।’

पार्टी एकीकरणका लागि राजनीतिक प्रतिवेदन र संगठनसम्वन्धी अन्तिरिम विधान तयार भइसकेको भन्दै एमाले वरिष्ठ नेता खनालले त्यसमा सानातिना समस्या भए दुई दलको वैठक वसेर टुङ्ग्याउन सकिने बताए ।

जनयुद्ध शब्द राख्नु पर्ने माओवादी अडानबारे सोधिएको प्रश्नमा खनालले भने, ‘उहाँहरुले १० वर्ष जनयुद्ध गरेकै हो, यसमा के भन्न पर्छ र ।’

अघि भने, ‘यसको राजनीतिक भूमिका छ । सकारात्मक भूमिकालाई ढृद्धतापुर्वक समर्थन गछौं, नकारात्मक भूमिकावाट शिक्षा लिन्छौं ।’

onlinekhabar


ताजा समाचार