सदरमुकाममा अव्यवस्थित रुपमा मासु पसल संचालन
जाजरकोट । भेरी नगरपालिका क्षेत्रभित्र अव्यवस्थित रुपमा मासु पसल संचालन गरेको पाइएको छ । नगरपालिकाको पशु उपशाखाको अनुगमनको क्रममा यस्तो पाइएको हो ।
मंगलबार बिहान पशु उपशाखाले जिल्ला सदरमुकाम क्षेत्रको थाप्ले र ठाँटी बजारमा गरेको अनुगमनको क्रममा सवै मासु पसलहरु अव्यवस्थित रुपमा संचालन गरेको पाइएको छ ।
अनुगमनको क्रममा पशु पसल तथा मासु जाँच एन अनुसार कुखुरा र खसिको मासु पसल संचालन नभएको पाइएको डा. क्रिषी साप्कोटाले जानकारी दिनु भयो । मासु पसलहरुले आवश्यक मापदण्ड पुरा नगरि पसल संचालन गरेको, सरसफाइमा ध्यान नदिएको, फ्रीज नराखेको लगायतका पाइएको उहाँको भनाई छ । प्रत्यक पसलहरुमा फोहोर छ, स्वस्थ मासु पाइने कुरामा नागरिकलाई संका लाग्छ उहाँले भन्नु भयो ।
कतिपय पसलहरुले नगरपालिकामा दर्ता नगरी पसल संचालन समेत गरेका छन् ।
यसरी आवश्यक मापदण्ड पुरा नगरी अस्वस्थ मासु बिक्रिगर्दा मानव स्वास्थ्यमा समस्या हुने डा.साप्कोटाको भनाई छ । कार्यवहाक नगर प्रमुख लिला बहादुर शाहले सवै मासु पसलेहरुलाई तत्काल व्यवस्थित गर्न निर्देशन दिदै दर्ता पक्रिया अगाडी बढाउन आग्रह गर्नुभएको छ ।
नगरापालिकाको अनुगमन टोलीले सवै मासु पसलहरुलाई तिन महिना भित्र सवै प्रक्रिया पुरा गरी पसल संचलन गर्न अल्टिमेटम दिइएको छ । अव नयाँ पसलहरुलाई स्थलगत अनुगमन पछि मात्रै दर्ता प्रमाणपत्र दिइने निमित्त कार्यकारी अधिकृत तुलाराम गिरीले भनाई छ ।