Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

पोषण अवस्था सुधार गर्न जुनिचाँदेमा कुखुरा वितरण

जाजरकोट २७ चैत । जुनीचाँदे गाउँपालिका बहुक्षेत्रीय पोषण योजना द्धारा पोषण अवस्था सुधारका लागि ८ हप्ते उन्नत कुखुराको चल्ला वितरण गरिएको छ । जुनीचाँदे गाउँपालिका वडा नं ९ र ११ रहेका हजार दिन तथा बिपन्न परिवार अन्र्तगत सुनौलो हजार दिनका घरपरिवार छनौट गरि प्रति परिवार दश वटाका दरले एक ५० घर परिवारका लागि पाँच सय उन्नत न्यूहेम्पासायर र अष्ट्रोलप जातको कुखुराका हालै वितरण गरिएको छ ।

नेपालमा कुपोषण वाल स्वास्थ्यको एक प्रमुख समस्याको रुपमा रहेको छ । यहाँका झण्डै आधा जती पाँच बर्ष मुनीका वालवलीकाहरु जन्मको सुरुवाती अवस्थामानै कुपोषित रहेको पाईएको छ । सुरुवातै अवस्थामा रहेको कुपोषणले भविष्यमा समेत निको नहुने खालको समस्याहरु समेत निम्त्याउन सक्ने र त्यसबाट सृजित कुपोषण चक्रले भविश्यको गरिविलाई समेत निर्देशित गर्ने गर्दछ । जाजरकोटको परिवेशमा गर्भवती तथा सुत्केरी महिलाको पोषण स्तर पनि अत्यन्तै कमजोर रहेको छ । बालवालीको पोषण स्थितिलाई आमाहरुको पोषण अवस्थाले पनि निर्धारण गर्ने गर्दछ । त्यसैकारण महिला तथा वालवालीकाको पोषण स्थितिमा सुधार गर्ने उद्देश्यले बहुक्षेत्रीय पोषण योजना दोस्रोको आर्थिक सहयोग तथा जुनीचाँदे गाउँपालिका बहुक्षेत्रीय पोषण योजनाले उक्त घरपरिवारलाई कुखुराको चल्ला वितरण गरेको हो ।

मासु र अण्डाको प्रयोगबाट सामाजिक,आर्थिक तथा मानव विकासमा प्रतिकूल प्रभाव पार्ने कूपोषणलाई दिर्घकालीन रुपमा न्यूनिकरण गर्ने उद्देश्यले कुखुराको चल्ला,खोर निर्माणका लागि आवश्यक सामाग्री वितरण गरिएको जुनीचाँदे गाउँपालिका बहुक्षेत्रीय पोषण योजनाका पोषण सम्पर्क व्यक्ति कृष्णबहादुर बि.क.ले जानकारी दिए ।


ताजा समाचार