Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

पर्यटन प्रबद्धनको लागी घरेलु द्धवारा ¥याफ्टिङ्ग सेवा सञ्चालन (फोटो फीचर )

जाजरकाेट २६ चैत । जाजरकोटमा पर्यटन प्रबद्धनको लागि ¥याफ्टिङ्ग सेवा सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समिति शाखा कार्यालय जाजरकोटको आर्थिक सहयोगमा पर्यटन प्रबद्धनको लागि ¥याफ्टिङ्ग सेवा सञ्चालन गरिएको हो । भेरी नगरपालिकाको रिम्ना देखि मट्याला सम्म याफ्टिङ्ग सेवा सोमबार सञ्चालन गरिएको छ । स्थानि स्थरमा रहेको स्रोत साधन लाय सदुपयोग गर्ने ब्यरोजगारि युवाहरुलाइ रोजगारि दिने उद्देश्यका साथ सोमबार याफ्टिङ्ग सेवा सञ्चालन गरीएको छ । सोमबार जिल्लाको रिम्ना देखि २ घण्टाको दुरी मटेलासम्म जलयात्रा सञ्चालन गरि ¥याफ्टिङ्ग गरिएको थियो । कर्णली ¥याफ्टिङ्ग एण्ड एडभेन्चर प्रा.ली.र घरेलु तथा साना उद्योग बिकास समिति शाखा कार्यालय जाजरकोटको साजेदारिमा तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग बिकास समिति शाखा कार्यालय जाजरकोटकी उद्योग अधिकृत इन्दिरा भुसालले जानकारी दिइन ।

जाजरकोट जिल्लाम पर्यटन प्रवद्धनको लागि ब्यरोजगार युवाहरुलाइ रोजगारिको लागि उत्त तालिमको आयोजना गरेको उहाको भनाइ रहेको छ । कर्णली ¥याफ्टिङ्ग एण्ड एडभेन्चर प्रा.ली.का सञ्चालक देब राज जैसिले ब्यबसायीक जलयात्रालाई आकर्षक बनाउन यात्रीहरुलाई निरन्तर सेवा दिने वताए । आफुहरुले सञ्चालन गरेको जलयात्रालाई पर्यटन बजारसम्म पुर्याउनका लागि निजी क्षेत्रवाट सञ्चालन गरिने होमस्ट्रे सञ्चालन तथा ब्यबस्थापन गर्नको लागि १० दिने तालिम सञ्चालन गरि याफ्टिङ्ग सेवा सुरु गरिएको जैसिले वताए । प्राकृतिक सुन्दरताको अवलोकन गर्ने यात्रीहरुका लागि हवाई मार्ग, जल मार्ग, धावन मार्ग जस्ता विभिन्न मार्गहरु भएको वताउदै जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मन बहादुर रावलले धावन मार्ग बाहेक अन्य मार्गलाई हामीले राम्रोसंग बुझ्न सकेका छैनौं, प्रकृतिले हामीलाई दिएका यि सुन्दर नदीनालाहरुलाई हामीले उपयोग गर्न सक्नु पर्दछ, जलमार्गको बिकासलाई पर्यटन बजारसम्म पुर्याएर जाजरकोटलाई पर्यटकहरुको गन्तव्य स्थल बनाउन तर्फ हामी लागि परेको बताएं ।’

तेस्तै जाजरकोट जिल्लामा पर्यटन प्रबद्धनका लागि पहिलो जाजरकोट महोत्सबमा जल यात्रा गरिएको र हाल समम कुनै पनि निकायाले सञ्चालन नगरेका हाल घरेलु तथा साना उद्योग बिकास समिति शाखा कार्यालयले निरन्तरता दिन उद्योग बाणिज्य संग जाजरकोटका अध्यक्ष कर्ण बहादुर खत्रिले आग्रह गरे । जिल्लाम पर्यटन प्रबद्धनको लागि धेरै सम्भावना भएता पनि हाल सम्म लुकेर मात्र बसेको अध्यक्ष खत्रिले बताए । समापन कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मन बहादुर रावल जिल्ला समन्वय अधिकारि कमल राज रेग्मी उद्योग बाणिज्य संग जाजरकोटका अध्यक्ष कर्ण बहादुर खत्रि घरेलु तथा साना उद्योग बिकास समिति शाखा कार्यालय जाजरकोटका उद्योग अधिकृत इन्दिरा भुसाल सहित सबै कर्मचारीले, लगाएत स्थानीयहरुको सहभागिता रहेको थियो । भेरी नगरपालिका भित्रका १० जना युवालाई प्रशिक्षत गरियको छ ।


ताजा समाचार