Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

सुन पुरानो, पुरुष बुढो हुदैन : गजल चन्द्र चिन्तन

जवानी ढल्किदै जादा सोचिदिने छैनन कोही ,
विगतका झालहरुलाइ सोचिदिने छैनन कोहि ।।

जिवनको जोसमा होस हुदैन्थ्यो त्यो बेला ,
सेलाउदो मनको भेललाइ बुजिदिने छैनन कोही ।।

ओराली लागेको मृर्गलाई बाझाले पनि हेप्ने अरे ,
कान्छी बनी ताते चिसो साचिदिने छैनन कोही ।।

सुन पुरानो पुरुष बुढो हुन्न भन्ने बुझनु सानी ,
उदाउदा रहरहरु जहर बनी खिचिदिने छैनन कोही ।।

चिन्तन मनन मै जीवन वित्ला चिन्तन त छस ,
तेरा लागि नयाँ सृष्ठि रचिदिने छैनन कोही । ।

 चन्द्र चिन्तन
प्रमुख
भेरी ज्ञानोदय क्याम्पस जाजरकाेट


ताजा समाचार