Loading... आजः बुधबार, कार्तिक ३, २०७८

जाजरकोटमा  असिना पानीले गहुँबालिमा क्षति 

जाजरटको ,२३चैत । विहिबार साँझ परेको असिना पानीले जाजरकोटकाे भेरी नगरपालिका ।जुनिचाँदे गाउँपालिकामा गहुँबाली, फलफुल तथा तरकारी खेतीमा क्षति पुर्‍याएकाे छ । केहि घण्टा सम्म एकहरो रुपमा परेको एक फिट गहिरो असिनाले भित्र्याउनका लागि तयार भएको गहुँबालीलाई पुर्ण रुपमा क्षति पुर्याएपछि कृषक चिन्तित बनेका छन् । सो क्षेत्रमा गत वर्ष पनि यसैगरी असिनापानी पर्दा लाखौंको अन्नबाली नष्ट भएको भेरी नगरपालिका वडा न २ स्थानीय धन बहादुर पुनले बताए । असिनापानीले कति मुल्य बराबरको क्षति पुर्यायो भन्ने विषयमा एकिन विवरण आई सकेको छैन् ।

शनिबार विहानदेखि क्षतिको विवरण लिन ईलाका प्रहरी कार्यालय विभिन्न स्थानीय ततहहरु गाँउपालिका मिलेर स्थलगत अध्ययन शुरुगर्ने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

यस्तो भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीले जाजरकोट जिल्लामा शुक्रबार भएको हावा हुरि असिना पानीको क्षति प्रति गम्भीर भएको बताएका छन। नगर प्रमुख घर्तीले टेलिफोन गरि समग्र जाजरकोट जिल्ला भित्र परेको क्षति प्रति अाफु गम्भीर भएर लाग्ने बास्तबिक पिडित लाई राहतको पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।


ताजा समाचार