Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

बेलायत बस्ने जाजरकोटकी चेली गिताका श्रीमान दुर्गम बस्तिमा सहयोग गर्दै


जाजरकोट । जाजरकोटकी चेली गिता गिरीका श्रीमान बेलायतको लण्डन बेस्ने म्याग्दीका खिम शेरचनले जाजरकोटको दुर्गम बस्तिका महिला तथा बालबालीकालई सहयोग गरेका छन् ।

आफ्नो माइतीगाउँ छेडागाड नगरपालीका ६ रौतन गाउँ पुगि आमा समुह तथा बालबालीकालाई आर्थिक तथा अन्य लत्ताकपडा सहयोग गरेका हुन् । उनले स्थानिय आमा समुहलाई १५ हजार रुपैँया आर्थिक सहयोग गरेका हुन् ।

त्यस्तै मायाको चिनो स्वरुप माइति गाउँका बालबालीका सहित ३० जना भन्दा बढीलाई टि–सर्ट बितरण गरेका छन् । साविकको पजारु ६ रौतन गाउँकी गिता गिरी संग बिवाह गरेर हाल लण्डन बस्दै आएका शेरचनले टि–सर्ट बितरण गरेका हुन् ।

जाजरकोटीका छोरी ज्वाँई शेरचन दम्पतिले जाजरकोटमा हुने बिभिन्न प्राकृतिक प्रकोपमा समेत सहयोग गर्दै आएका छन् । शेरचनले ग्रामिण गाउँका बालबालीको शिक्षा दिक्षामा समेत सहयोग गर्ने चाहाना रहेको बताएका छन् ।

आफ्नो माइति जिल्लालाई आफु जुनसुकै ठाउँ भएपनि आवश्यक सहयोग गरीरहने शेरचनले बताए । मनका धनि शेरचनलाई माइति गाउँमा स्थानियले भव्य स्वागत गरेका थिए । शेरचन दम्पति हाल लण्डन बस्दै आएका छन् ।


ताजा समाचार