Loading... आजः आइतवार, कार्तिक १६, २०७७

जाजरकाेटका विद्यार्थिले छात्रबृत्ति नपाएरै वित्यो शैक्षिक सत्र

जाजरकोट २३ चेत। जिल्लाको भेरी नगरपालिका ३ थाप्ले स्थित त्रिभुवन माध्यामिक विद्यालयमा १० कक्षामा अध्ययनरत छात्रा राधिका सुनारले एसईई परीक्षा दिई सकिन तर, उनले यसै शैक्षिक सत्रमा पाउने छात्रा छात्रबृत्ति पाईनन् । ‘गत बर्ष छात्रवृत्ति पाएकी थिए तर, यस बर्ष पाईन’ उनले गुनासो गदै भनिन शैक्षिक सत्र सकिन अव थोरै दिन बाँकी रहँदा उनले छात्रवृत्ति पाउने आस पनि मारिसकेकी छन् ।

त्यस्तै बारेकोट गाँउपालिका लिम्सा स्थित विरेन्द्रऐश्वर्य माविका १० कक्षाका छात्रा निर्मला घर्तीले पनि अहिले सम्म छात्रबृत्ति पाउन सकेकी छैनन् । माथिबाटै आएको छैन भन्दै सरहरुले दिनुभएन उनले भनिन ‘हाम्रो स्कुलका म लगाएत कुनै पनि विद्यार्थीले यस बर्ष छात्रबृत्ती पाएनौ ।’ यी दुई छात्रा प्रतिनिधि विद्यार्थी हुन् ।

शैक्षिक सत्र सकिन थोरै समय बाँकी रहँदासम्म पनि जाजरकोटका विद्यार्थीले अहिलेसम्म छात्रबृत्ति पाउन सकेका छैनन् । सामुदायिक विद्यालयमा एक देखि १२ कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई दलित छात्रबृत्ति, छात्रा छात्रबृत्ति, जेहेन्दार छात्रबृत्ति, विपन्न छात्रबृत्ति र अपाङ्ग छात्रबृत्ति सरकारले दिने गरेको छ । न्युनतम एक सय ७५ रुपैया देखि तीन हजार रुपैया सम्म छात्रबृत्ति दिने गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । सरकारले आर्थिक तथा सामाजिक रुपमा पछि परेका वर्ग र समुदायलाई शिक्षामा आर्कषण बढाउन, भर्नादरमा बृद्धि गराउन र विद्यालयमा विद्यार्थी टिकाउ दर बढाउन छात्रबृत्ति दिने निति लिएको छ । तर विभिन्न बाहानमा लक्षित बर्ग अर्थात विद्यार्थी सम्म छात्र त्यो छात्रबृत्ति पुग्न नसकेको हो ।

सरकारले छात्रबृत्तिको लागी रकम पनि निकासा गरिसकेको छ । सवै छात्रबृत्ति रकम स्थानिय तहमा पनि गैसकेको छ तर शैक्षिक सत्र सकिन लाग्दा पनि विद्यालयलाई छात्रबृत्ति रकम उपलब्ध नगराईएको त्रिभुवन मावि खलंगका प्रधानाध्यापक हेरम्ब बहादुर शाहले बताए । विद्यार्थीले छात्रबृत्ति कहिले आउँछ भनेर सोधेर हैरान बनाईरहेका छन् तर, नगरपालिकाले आज आज भोली भोली भन्दै टारिरहेको छ उनले भने । यस बर्ष देखि शिक्षाको सवै रकम स्थानिय तहमा जान थालेपछि विद्यार्थीले समयमा छात्रबृत्ति पाउन नसकेका हुन् । १० कक्षाका विद्यार्थी एसईई दिएर घर गईसक्दा सम्म पनि छात्रवृत्ति विद्यालयको नाममा निकासा भएन विरेन्द्रऐश्वर्य माविका प्रधानाध्यापक गोरख बहादुर सिंहले भने स्थानिय तहलाई अधिकार दिएपछि शिक्षा क्षेत्र थप अस्तब्यस्त भयो ।

‘गत बर्षसम्म विद्यार्थीलाई दिनु पर्ने छात्रवृत्ति विद्यालयहरुले निजी स्रोतका शिक्षकको तलबभत्तामा खर्च गर्ने र कतिपयले हिनामिना समेत गर्ने गरेको गुनासो आउने गरेको थियो’ जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले भने–‘त्यही भएर सवै विद्यालयले फागुन ६ गते अनिवार्य रुपमा छात्रबृत्ति बाँड्न परिपत्र गरयौ तर यसपाली स्थानिय तहले झन् निकासै दिएन ।’ नलगाड नगरपालिकाले भने निर्धारित मितिमै छात्रबृत्ति बाँडेको जिल्ला शिक्षा अधिकारी सिहले बताए । चालु शैक्षिक बर्षमा जिल्ला भरका करीव २५ हजार विद्यार्थीले अझै छात्रबृत्ति पाउन सकेका छैनन् । उनले जिल्ला शिक्षा कार्यालय विघटनको तयारीमा रहेको तर नगर तथा गाँउ शिक्षा कार्यालय स्थापना भैनसकेकोले थप समस्या देखिएको बताए ।

नलगाडले फागुन ६ मै छात्रबृत्ति बाँड्न सफल भयो तर भेरी र छेडागाड नगरपालिका तथा कुशे, बारेकोट, शिवालय र जुनीचाँदे गाँउपालिका गरी ६ तहले ले अहिले सम्म बाँड्न सकेका छैनन् । भेरीले केही दिनमै निकासा दिने तयारी गरेको जनाएको छ । स्थानिय तहका कर्मचारीहरु सरुवा भैरहनु, केन्द्रबाट छात्रबृत्तिको रकम निकासा ढिलो गरी प्राप्त हुनु , कर्मचारी आफै अलमलमा पर्नु आदि कारणले समयमा छात्रबृत्ति वितरण हुन नसकेको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । उनले छात्रबृत्ति रकम तत्काल निकासा दिन निर्देशन दिएको बताए ।


ताजा समाचार