Loading... आजः शनिबार, अशोज २, २०७८

जाजरकोटमा यी स्थानमा स्थायी बन्ध्याकारण शिविर हुने


जाजरकोट । जिल्लाका तिन ठाउँमा पुरुषहरुको लागि स्थायी बन्ध्याकारण शिविर संचालन हुन लागेको छ । सन्तानको रहर पुगिसकेका दम्पति पुरुषहरुको लागि स्थायी बन्ध्याकारण (भ्यासेक्टोमी) शिविर संचालन हुन लागेको हो ।

सन्तानको रहर पुरा गरेर स्थायी बन्ध्याकारण गर्न चाहाने दन्पति पुरुषहरुको लागि शिविर संचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । कार्यालयको आयोजनामा यही चैत २४ र २५ गते जुनिचाँदे गाउँपालिका–३ साना खोलामा शिविर संचानल हुने छ ।

त्यस्तै यही चैत २८ र २९ गते शिवालय गाउँपालिका–३ स्थित सिमा स्वास्थ्य चौकीमा शिविर संचालन हुने कार्यालयले जनाएको छ । आउदो बैशाख २ र ३ गते नलगाड नगरपालिका स्थित प्राथामिक स्वास्थ्य केन्द्र दल्लिमा हुने छ ।


ताजा समाचार