Loading... आजः बुधबार, कार्तिक १२, २०७७

प्रकाश (समर्पण) का ४ मुक्तकहरु

१. आयो छिन मै हरायो मतलबै नगरी ।
खै के आभास पायो मतलबै नगरी ।
हासेर गयो आफू यता भने सदाबार
निर्दोष नयन रुजायो मतलबै नगरी ।।

२. खै?कसरी यो मन बाट जानिएछ ।
अन्जानमै ब्यर्थै आफ्नो ठानिएछ ।
जो आफू भन्दा टाढा हुन खोज्यो
उसैलाई पो सँधै प्यारो मानिएछ ।।

३. भेटिन्छन, छुटिन्छन सफरमा कयौँ ।
आफ्सै आफ गिर्छन नजरमा कयौँ ।
आशा देखाएर दुई दिनलाई भएनी
पिडा दिई हराउछन शहरमा कयौँ ।।

४. दिल सुम्पिएर गल्ति गरेछ ।
भरमा उभिएर गल्ती गरेछु ।
अन्जान मान्छेलाई ब्यर्थैमा
मन–तन दिएर गल्ती गरेछु ।।

: प्रकाश शाही (समर्पण)
भेरी नगरपालिका ६, जाजरकोट
हाल सुर्खेत


ताजा समाचार