Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

राजनीतिक क्रान्तिको सफलतापछि आर्थिक क्रान्तिको आवश्यकता : उपाध्यक्ष रावल

अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजनीतिक क्रान्तिको सफलतापछि देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भइसकेको अवस्थामा अब आर्थिक क्रान्तिको आवश्यकता रहेको बताए ।

सोमबार साँफेबगरमा चौरपाटी साप्ताहिक पत्रिकाको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष रावलले राजनीतिक क्रान्ति सकिएपछि अव आर्थिक विकासको लागि सवैले सामूहिक ढंगले अघि बढ्नुपर्नेमा जोड दिए । मुलुकलाई समृद्धितर्फ लैजान अब आर्थिक क्रान्तिको खाँचो रहेको बताए । आर्थिक उन्नतिका लागि सबैको साथ र सहयोग रहनुपर्ने बताए । उनले अहिलेसम्म जे भए पनि अबको आवश्यकता भनेको सबै मिलेर नेपालको समग्र विकासमा ध्यान दिनु रहेको बताए ।

देशमा राजनीतिक संघर्ष र क्रान्तिको आवश्यकता अब नरहेको भन्दै सबै नेपाली एकजुट भएर आर्थिक क्रान्तितर्फ लाग्नुपर्ने बताए। विप्लव माओवादीको आन्दोलनप्रति संकेत गर्दै एमाले उपाध्यक्ष रावलले लहडका भरमा गरिएको आन्दोलनको कुनै अर्थ नभएको बताए । नेपालको संविधान दुनियाँकै उत्कृष्ट संविधान भएको दाबी गर्नुभयो । संविधानले महिला, दलित, जनजाति लगायत सिङ्गो नेपाली समुदायलाई अधिकार दिने सवालमा नेपालको संविधान दुनीयाकै संविधान भन्दा उत्कृष्ट रहेको दावि गरे । नेपालमा २००४ सालदेखी पटक–पटक संविधानहरु आएको भएपनि यसपटक बनेको संविधान जनताका प्रतिनिधीहरुले बनाएका कारण सार्वभौमसक्ता सम्पन संविधान भएको उहाँले दावि गरे ।

मुलुकले अहिलेसम्म युवालाई विदेश पठाउँदै आएकोमा अव युवा नभई युवाद्वारा उत्पादित वस्तुको निकासिको लागि सरकारले योजना ल्याउने बताए । उनले विगतमा जनप्रतिनिधिको अभावमा विकासको लागि आएका योजनाहरुमा भ्रष्टाचार भएका कारण मुलकको विकास हुन नसकेको बताए । उनले विकास निर्माण कार्यमा ढिलाईसुस्ति र भ्रष्टचार गर्ने विरुद्ध सडकमा आउन जनतालाई आग्रह गरेको थिए । औद्योगिक क्षेत्रले मात्रै मुलुकको अर्थतन्त्र बलियो बनाउन सक्ने भएकाले जसले जहाँ, जति सक्छ उत्पादनमूलक काम नै गर्न सक्ने वातावरण सिर्जना गरिने उपाध्यक्ष रावलको भनाई रहेको छ । जनप्रतिनिधीहरुले विकासका प्रभावकारी योजना बनाएर जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिए । विगतका वर्षहरुमा स्थानीय निकायमा जनप्रतिनिधी नहुँदा विकासले गति लिन नसकेको बताउँदै अब केही गरेर देखाउनुपर्छ उनले भने
यस्तै राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवरले अछाम जिल्लामा विकास निर्माणको खाँका कोरिएको बताए । उनले जिल्लाका भएका विकास निर्माणका कामहरुको स्तरउन्नतीको लागि सबैले मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले पछाडि परेका समुदायको आवाजहरुलाई उठाएर जनप्रतिनिधीलाई सचेत पार्नको लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताए । एमाले जिल्ला अध्यक्ष समेत रहेका कुँवरले दुरदराजका वस्तिहरुको आवाजलाई समेत सरोकारवालासँग पुर्याउनको लागि पुलको भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।


ताजा समाचार