Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

बैशाखकाे पहिलो साताभित्र सबै बिद्यालयमा पाठ्यपुस्तक पुर्याउन अध्यक्ष केसीको निर्देशन ।


जाजरकोट ,१९ चैत । जाजरकोटकाे जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले जुनिचाँदे गाउँपालिकाका सबै प्रा बि तथा मा बि हरुमा शैक्षिकसत्र ७५/७६ काे पाठ्यपुस्तक बैशाख पहिलो सातामा पुर्याउन निर्देशन दिएका छन । अाईतवार अध्यक्ष केसीले प्रत्येक बिद्यालयका प्रध्यान ध्यापक लाई टेलिफोन सम्पर्क गरि अागामि बैशाख पहिलो साता सम्म बिद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएका हुन ।

जाजरकोट जिल्लाकाे दुर्गम जुनिचाँदे गाउँपालिकामा शिक्षा स्वास्थ्यकाे पहुँच देखि पछाडि परेकोले हाल बिद्यालय ब्यबस्थापन समिति र प्रधान ध्यापककाे लापरवाहीका कारण बिद्यालयमा पाठ्यपुस्तक अभाव रहेको अध्यक्ष केसीले बताए ।हाल गाउँपालिकाले प्रत्येक बिद्यालयकाे खातामा पाठ्यपुस्तक खरिदका लागि बजेट पठाईसकेकाेले अागामि बैशाख पहिलो सातामा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिएका हुन ।

साथै जुनिचाँदेका अधिकास बिद्यालयहरू बिद्यार्थी पुस्तक बिना परिक्षा दिन बाध्यता भए पछि दैनिक शैक्षिक गुणस्तरमा कमि हुदै अायकाे अध्यक्ष केसीले बताए । अागामि बैशाख पहिलो हप्ताम प्रत्येक बिद्यालयमा पुस्तक खरिद गरि सक्कली बिल बुझाए मात्र गाउँपालिका भुक्तानि गर्ने अध्यक्ष केसीकाे भनाइ रहेको छ।

गाउँपालिकाले निर्धारण गरेको अवधिमा बिद्यालयमा पाठ्यपुस्तक उपलब्ध नगराउने बिद्यालय लाई गाउँपालिका बाट हुने सबै सेवा बन्चित समेत गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । उता जुनिचाँदे गाउँपालिकाका अधिकांश बिद्यालयले पाठ्यपुस्तक खरिदमा कुनै पनि कन्जुस्याइँ नगरेको पुस्तक बिक्रेता हरुले पूरा सेट उपलब्ध नगराएको अाराेप लगाएका छन ।

जिल्लाकाे छेडागाड नगरपालिका वडा न ५ थलह बजारमा रहेको पाठ्यपुस्तक बितरक दिपेन्द्र स्टेसनरी सेन्टरले समयमा पाठ्यपुस्तक पसलमा उपलब्ध भएको बिद्यालय हरुले पाठ्यपुस्तककाे उद्याराे राखि पैसा नदिई हाल सम्म पनि महत्त्वपूर्ण बिषयका किताब नलिएको जानकारी दिएको छ ।


ताजा समाचार