Loading... आजः बुधबार, फाल्गुन १९, २०७७
Trending

अार्थिक अवस्था कमजोर भएका बिद्यार्थिको लागी शैक्षीक सामाग्री संकलन कार्यक्रम सुरु

अछाम । बिपन्न परीवारका बिद्यार्थिहरुको लागी काठमाण्डौको जमल स्थित त्रिचन्द्र बहुमुखी क्याम्पस बिद्यार्थिहरुको समुहले शैक्षीक सामाग्री संकलन कार्यक्रमको सुरुवात गरेका छन ।

त्रि चन्द्र बहुमुखी क्याम्पसमा वि एसी तेस्रो बर्षमा अध्यानरत बिद्यार्थिहरुले शैक्षीक सामाग्री संकलन कार्यक्रमको सुरुवात गरेको ७ नम्बर प्रदेश संयोजक नवराज बोहराले जानकारी दिनुभयो । सुदुर पश्चिमाञ्चल एकिकृत विकास समाजको सहकार्य र त्रि चन्द्र बहुमुखी क्याम्पसका बिद्यार्थिहरुको समुहले प्रदेश नम्बर ७ का दुर दराजमा रहेका असाय र आर्थिक अवस्था कमजोर भएका बिद्यार्थिलाई मध्यनजर गदै कार्यक्रमको सुरुवात गरेको शैक्षीक सामाग्री संकलन कार्यक्रमका संयोजक बोहराले जानकारी दिनुभयो । प्रदेश नम्बर ७ का ग्रामिण भेगका जनताहरुले भोकमरीको सामना गर्नुपर्ने र गरीबीका कारण पढाई खर्च जुटाउन नसकेर बिचमै पढाई छोडेर बिदेश जानुपर्ने बाध्यता रहेको भन्दै आफनो कार्यक्रमले धेरैलाई नभए पनि केहि ग्रामिण भेगका बिद्यार्थिहरुलाई सहज हुने बताउनु भयो ।

प्रदेश नम्बर ७ का ग्रामिण क्षेत्रका बिद्यार्थिहरु अझै पनि बिद्यालयको पहुचबाट बाहिर रहेको अवस्थामा न्युन आर्थिक अवस्था भएका परिवारका बिद्यार्थिलाई पढाईमा प्रोत्साहन मिल्ने उदेश्यका साथ सो कार्यक्रमको सुरुवात गरिएको उहाँले जानकारी दिनुभयो । शैक्षिक सामाग्री पाएपछि बिद्यार्थिहरुलाई विद्यालय आउन सहयोग पुग्ने र सबैले यस्तो अभियानलाई सहयोग गरे ग्रामिण क्षेत्रका बिद्यार्थिहरुको गुणस्तरमा पहुच पुग्ने कार्यक्रमका संयोजक बोहराको भनाई छ । अहिले कार्यक्रमको सुरुवाद काठमाण्डौबाट गरीएको र पछि शैक्षिक सामाग्री संकलन कार्यक्रमलाई ७ नम्बर प्रदेशको अछाम, डोटी लगाएतका जिल्लामा गरीने शैक्षिक सामाग्री संकलन कार्यक्रमका संयोजक नवराज बोहरा बताउनु भयो ।

कार्यक्रकममा ७ नम्बर संयोजक बोहरा सहित, सुनिता पौडेल, उपमा बुढाथोकी, कुन्दन गिरी, सुजन बासकोटा, पुजा श्रेरेस्ता , अञ्जना खरभुजा, लिला भुसाल, पुष्पा गुप्ता, साधना बुढा , रेश्मी श्रेस्ता, मनिता भुसाल लगायतको टोलि कार्यक्रममा रहने भएको छ ।

साथै कार्यक्रममा सहयोग गर्न चाहानेले शैक्षीक सामाग्री संकलन कार्यक्रमको जिमेल आईडी fwdr63@gmail.com र ९८४८५५६७४५ फोन गरेर कार्यक्रमलाई सफल पान सहयोग गरीदिन सबैमा आग्रह समेत गर्नु भएको छ । साथै तपाई संग कुनै शैक्षीक सामाग्रीहरु, (किताब) छन भने पनि सहयोग गर्ने समेत आग्रह गर्नु भएको छ ।


ताजा समाचार