Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

दुर्रगन्धलाई हटाएर सफा, सुन्दर नगर निर्माणमा नगर प्रमुख घर्ती

जाजरकोट १८ चैत । मानव स्वास्थ्यमा प्रत्यक्ष रुपमा प्रतिकुल असर पार्ने फोहर, मैला,  हटाएर सफा, सुन्दर  नगर निर्माणमा भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तीले सुरु देखि नै जोड दिदै आएका छन् । स्थानीय तहको चुनाववाट निर्वाचित भएर पदभार ग्रहण गर्ने क्रममा बसेको नगर कार्यपालिकाको पहिलो बैठकवाटै नगर प्रमुखले उक्त कुरामा जोड दिदै आएका थिए ।

सरसफाईयुक्त हरियाली नगरपालिका निर्माण गर्ने कार्यपालिकाको पहिलो बैठकको पहिलो निर्णयलाई कार्यन्वयन गर्न नगरपालिकाको मुख्य प्रशासनिक केन्द्र रहेको खलंगा बजार क्षेत्रभित्र ठाउँ–ठाउँमा फोहर डस्टबीनहरु राख्ने कामलाई नगर प्रमुख घर्तीले प्राथमिकता दिए । डस्टबीनमा जम्मा भएको फोहर ब्यबस्थापन गर्न नगर प्रमुखले भाँडामै भएपनि गाडी सञ्चालन ल्याए छन ।

नागरीक आनी–बानी तथा ब्यबहार परिबर्तनमा जोड दिदै आएका नगर प्रमुखले सबै जनप्रतिनीधि र कर्मचारी टीमको नेतृत्व गर्दै बेला–बेलामा फोहर उठाउदै बजार क्षेत्रमा बसोबास गरिरहेका सबै नागरिकहरुको घर–दैलोसम्म पुग्ने गरेका छन् ।

ब्यक्तिगत तथा बाताबरणिय सरसफाईमा ध्यान दिन सकिएमा मानव स्वास्थ्यलाई केहि हदसम्म स्वस्थ राख्न सकिने नगर प्रमुख घर्तीको बुझाई रहेको छ । ब्याप्त मात्रा इन्धन दहनको जिबांशवाट हरितगृह ग्यास, कार्वनडाइअक्साईड, मिथेन र नाईट्रसअक्साईड जस्ता ग्यासहरुको उत्सर्जनले प्राकृतिक बाताबरणमा निकै ठुलो असर पारेको बताउदै नगर प्रमुख घर्तीले भने–‘प्राकृतिक बाताबरणलाई सन्तुलित गर्न बृक्षा रोपन गरि जलाधारहरुको संरक्षणमा जोड दिनु पर्ने हुन्छ ।’

हरियाली नगर निर्माण गर्ने कार्यपालिकाको निर्णयलाई कार्यन्वयन गर्न आफु निरन्तर रुपमा लागि परेको बताउदै चालु आर्थिक बर्षको अन्तिम असारमा बृक्षारोपनको कामलाई पुरा गर्ने नगर प्रमुख घर्तीले जानकारी दिए ।


ताजा समाचार