Loading... आजः बिहिबार, फाल्गुन २०, २०७७
Trending

सुर्खेतमा माईक्रो दुर्घटना ९ घाईते, २ को अवस्था गम्भीर

सुर्खेत ,१८ चैत । सुर्खेत बाट नेपालगञ्जका लागी छुटेको यात्रुवहाक माईक्रो आज विहान साढे ८ वजे सुर्खेत स्थित तिनकुने चोकमा दुर्घटनामा परेको छ ।

देउति नागरिक यातायात प्रालीको बा ५ ख २८२७ नम्वरको माईक्रो विरेन्द्रनगर स्थित एयरपोर्ट नजिकै तिनकुने चोकमा दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ ।

सो माईक्रो बालुवा बोकेर रोड क्रस गर्दै गरेको भे १ त ५३५९ नम्वरको ट्याक्टर संग ठोक्कीदा ९ जना यात्रु घार्ईते भएका छन । घाईते मध्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाईते हुने हरुमा वि न पा ७ संकर चोकका दिपक पाण्डे,सोही ठाउँका १९ बषिय गिता पाण्डे ,माईक्रो चालक विनपा ११ का ईद्रिस बक्स रहेका छन ।

यस्तै विनपा ९ का जानकी भण्डारी ,दुल्लु दैलेखखका कर्ण रिजाल ,विनपा ९ का पुनम राई ,सोही ठाउँका भरत राई रहनुभएको छ
तेसैगरी विनपा ९ का १० बर्षिय बालक इसान श्रेष्ठ र चन्दन नाथ नगरपालिका जुम्लाकी १९ बर्षिय गोमा नगरकोटी रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाईते २ जना लाई थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
अन्य घाईते यात्रुहरुको सुर्खेत स्थित देउती नर्सिङ्ग होम र माया नर्सिङ्ग होममा उपचार भैरहेको प्रहरीले बताएको छ ।


ताजा समाचार