Loading... आजः शनिबार, कार्तिक ८, २०७७

पुर्ब सांसद रत्नप्रशाद शर्माको कविता : बिज्ञापन

देश छोडेर प्रदेश पसेको
नेपाल भुमि अनि नागरिकता छोडेको
बिदेशमा होटेल तथा धर्मशाला जोडेको
दासत्वको पारकास्ट नागी विदेश बसेको

कोहि छ ? यहाँ प्रधानमन्त्री बन्न आउने ।

बैंकको ऋण खाएको, तिर्न नआएको
आफ्नो सबै बिबेक दरबारमा सुम्पन सक्ने
दरबारको दास भइ सम्पूर्ण जनतालाई बन्दि बनाउन सक्ने

कोहि छ ? यहाँ प्रधानमन्त्री बन्न आउने ।

मानबअधिकार नखोज्ने
शान्ति नरोज्ने
प्रेस स्वतन्त्रता हरण गर्न सक्ने
जनतालाई अपहरण गर्न सक्ने
राजा र उनका सन्तानलाई बोक्न सक्ने
जनतालाई छानिछानि गोलि ठोक्न सक्ने

कोहि छ ? यहाँ प्रधानमन्त्री बन्न आउने ।
सकभर दल नभयको
दल भएर पनि छोडेर गयको
पार्टी फुटाउन सक्ने
भाई भाई कुटाउना सक्ने

कोहि छ ? यहाँ प्रधानमन्त्री बन्न आउने ।

दरबारीया घोडा समेतलाई हजुर देख्न सक्ने
मन्दिरका गजुरहरू भकाभक बेच्न सक्ने
अभिनन्दन गर्दै राजश्व नस्ट गर्न सक्ने
जनता ख्याउटे भयपनी दरबार पुस्ट पार्न सक्ने

कोहि छ ? यहाँ प्रधानमन्त्री बन्न आउने |

सडकमा विद्रोहगर्ने जनतालाई आतंककारी ठान्ने
मसानघाट पुग्न तयार पन्न्चहरुलाई प्रजातान्त्रिक मान्ने
महिना महिनामा अध्यादेश बनाउदै फासिवाद जमाउन सक्ने
देश लुटेर अथाह सम्पत्ति कमाउन सक्ने

कोहि छ ? यहाँ प्रधानमन्त्री बन्न आउने |

सकभर ७ दलको गठबन्दन भित्रै रहेको
नभयपनि ७ दलको पुरा पुरा बिश्वास भयको
दल र जनतालाई बेवकूफ बनाउन सूर्यअन सक्ने
राजालाई हिटलरको कुख्याती माथि पुर्याउन सक्ने
जनआन्दोलनलाई तह लगाई जय जयकार जप्ने
सकभर युग युग नभई ६ महिना खप्ने

कोहि छ ? यहाँ प्रधानमन्त्री बन्न आउने |

नेपाल अधिराज्यको संबिधान २०४७ का
धारा ३५ धारा १२७ प्रयोग गरि अर्ति खान सक्ने
दरबार संगै सति जना सक्ने
कोहि छ ? यहाँ प्रधानमन्त्री बन्न आउने ।
कोहि छ ? यहाँ प्रधानमन्त्री बन्न आउने ।

-रत्न प्रशाद शर्मा न्यौपाने

पुर्ब सांसद : जाजरकोट

जनआन्दोलन,लोकतान्त्रिक चौतारो जनआन्दोलनमा रचित अनि प्रर्तिगमनकै बीच बाचन भयको कविता हो ।
यो कविता (जनआन्दोलन को दस्ताबेज लोकतान्त्रिक कविता संग्रह मा संग्रहित छ)


ताजा समाचार