Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

सडक कालोपत्रे गर्नेकाम गुणस्तीय नभएको स्थानीयको गुनासो


जाजरकोट १७ चैत । जाजरकोटको सदरमुकाम खलंगाको शान्तिचौतारा देखि कालेगाउँ सम्मको ६ किलोमिटर सडक कालोपत्रे गर्ने काम मापदण्ड अनुसार नभएको स्थानीयले गुनासो गरेका छन । सडक कालोपत्रे गर्ने काममा गुणस्तरीयता नभएको भन्दै स्थानीयले गुनासो गरेका हुन ।

निर्माण कम्पनीले सडकको कालोपत्रे गर्ने काम मनोमानी गर्न लागेको भन्दै स्थानीय आक्रोशित भएका छन । कालोपत्रेको जिम्मा लिएको राजेन्द्र जलजला कन्सट्रक्सन जेभीले आफ्नो सजिलो र कम खर्चमा काम गर्ने गरेको भेरी नगरपालिका ३ का स्थानीय किरण कुमार भण्डारीले बताए । २ सय मिटर सडक भत्किएर पहिरो गएको स्थानमा एक मिटर पनि बाटो नपुग्ने गरी काम गर्न लागे पनि सरोकारवाला निकाय चुप लागेको भन्दै भण्डारीले आपत्ति जनाए । ।पहिरो गएको सडकमा पुननिर्माण गर्न ठुलो वजेट लाग्ने भन्दै स्थानीय सरकार र सडक विभागले आनाकानी गरेपछि सडक कालोपत्रे गर्न जिम्मा लिएका निर्माण व्यावसायीले भने उक्त स्थानमा काम गर्न नसकिने बताउदै आएका छन ।

ठुलो पहिरो गएको ठाँटी मात्र नभइ अन्य साना पहिरो गएका स्थानमा पनि पहिरोको व्यवस्थापन नगरी सडकमा कालोपत्रे हुन थालेपछि सदरमुकामबासी आक्रोशित भएका छन । स्थानीय सरकार र सडक विभागले समेत सडकको काम मापदण्ड अनुसार गराउन चासो नगरेको भन्दै स्थानीय आक्रोशित भएका हुन । सडकको कालेपत्रे गर्ने काम अपुर्ण र गुणस्तरहिन हुन लागेको आफुहरुले सम्वन्धित निकायको ध्यानाकर्षण गराउदा पनि सुनुवाइ नभएको जाजरकोट उद्योगबानिज्य संघ जाजरकोटका महासचिब इश्वरीबहादुर खत्रीले बताए । शान्तिचौतारा देखि कालेगाउँ सम्मको ६ किलोमिटर सडक कालोपत्रे गर्ने काम कमिसनको खेलामा गणस्तरहिन भइरहेको महासचिब खत्रीको आरोप छ । कच्ची कटानपछि सडकको ठाउँ ठाउँमा गएका साना ठुला पहिरोहरु, सडक छेउका पर्खालहरुको कारण देखाउदै निर्माण व्यावसायीले सडक चौडा नगरेको, उचित मात्रामा हुम पाइप नहालेको, गतिलो नाली निर्माण नगरेको र गिटी बालुवा समेत गणस्तरहिन प्रयोग गर्ने गरेको स्थानीयको आरोप छ ।

उक्त ६ किलो मिटर सडक अन्तरगत भेलाले, ठाँटी न्युरोड र थाप्लेचौरको मोडमा गएको पहिरोको रोकथाम गर्ने गरी काम गर्नु पर्ने स्थानयिको माग छ । कालोपत्रे गर्ने काम प्रति सडक विभाग, नगरपालिका र अन्य सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीयवासीहरुको गुनासो छ । सडक कालोपत्रे भएको केहि महिनामै भत्किने गरि काम हुन लागेपनि कुनै निकायले चासो नदिनु दुखद भएको स्थानीयवासीहरु वताउछन् । उता भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले भने आफुले यस वारेमा सरोकारवालाहरुसंग छलफल गरी काम मापदण्ड अनुरुप गराउन पहल गर्ने बताए ।


ताजा समाचार