Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

जाजरकोटका ५ हजार बढि परिवार खोला र कुवाको दुषित पानी पिउन बाध्य

जाजरकोट १७ चैत । पहाडी जिल्ला जाजरकोटका ५ हजार बढि घरपरिवारले खोला तथा कुवाको फोहर पानी पिउदै आएका छन । स्वच्छ पिउने पानीको सुबिधा नपाउदा स्थानीयलाई फोहर पानी पिउनु पर्ने बाध्यता भएको हो ।

जिल्लाका ५ हजार २ सय ९२ परिवारले नदी र खोलाको पानी पिउने गरेको खोनेपानी सरसफाइ तथा सबडिभिजन कार्यालय जाजरकोटले जनाएको छ । त्यस्तै १ हजार ५ सय ८० परिवारले कुवाको पानी पिउने गरेका छन । १५ परिवारले भने आकासे पानीको भरमा जीविका चलाउने गरेका पाइएको छ ।

स्वच्छ खोनेपानीको पहुँच बाहिर रहेकाहरुका लागि सुबिधा विस्तार गर्ने पहलल भइरहेको खोनेपानी सरसफाइ तथा सबडिभिजन कार्यालयका प्रमुख महेशी महतोले बताए । अहिले सदरमुकाममा बृहत खानेपानी योजनाको काम भइरहको छ , अरु गाउँमा पनि अब स्थानीय सरकारले समस्याको समाधान गर्छन ।

भौगोकि बिकटता र पातलो वस्तीका कारण खानेपानीको सुबिधा पुर्याउन समस्या भएको छ । फोहोर पानीको प्रयोगका कारण जिल्लामा बेला बेलामा बिभिन्न खालका महामारी फैलने गरेका छन । पानीको गुणस्तर जाँच नहुनु खानेपानीको योजना सञ्चालन गर्दा पानीको गुणस्तर तथा आयोजना निर्माण पुर्व, आयोजना निर्माण अवधी र आयोजना निर्माण पस्चात नियमित जाँच नहुँदा समस्या आएको छ ।


ताजा समाचार