Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

बारेकोट पुग्न मृत्युबरण गर्नु पर्ने बाध्यता, भिरबाटोबाट लडेर ४ जनाको मृत्यु


जाजरकोट । आजको आधुनिक समयमा पैदल हिड्ने बाटो नहुदा लडेर मान्छे मर्छन भन्दा धेरैलाई बिश्वास नलाग्न सक्छ ।

तर जाजरकोटको बारेकोट गाउँपालिका सम्म आवत जावत गर्दा अप्ठेरो बाटोका कारण स्थानीयले लडेर मृत्युबरण गर्नु पर्ने बाध्यता छ । बारेकोटबाट आउने र त्यहाँ जाने क्रममा अप्ठेरो बाटोमा लडेर बटुवाको ज्यान जाने गरेको छ । त्यस्तै नदीमा अस्थायी रुपमा हालिएका लाप्काबाट खसेर पनि बटुवाको ज्यान जान्छ । नलगाड नगरपालिका कालीमाटी भित्र गेरेनीको भिरबाटोमा लडेर ज्यान जाने गरेको बारेकोट २ का चित्रबहादुर बस्नेतले बताए ।
त्यस्तै नलसिंहगाडमा हालिएका काठका लाप्काबाट नदीमा खसेर पनि बटुवाको ज्यान जाने गरेको बस्नेतको भनाई छ । अप्ठेरो बाटोबाट लडेर र लाप्काबाट नदीमा खसेर ४ जनाको मृत्यु भएको छ ।

सोमबार नलसिंहगाडमा हालिएको लाप्काबाट नदीमा खसेर बारेकोट गाउँपालिका ९ का ४० बर्षिय कालीबहादुर नेपालीको मृत्यु भएको छ । त्यस्तै बारेकोट ४ का मानबहादुर बस्नेत एक महिना अघि भिरबाट लडेर मृत्यु भएको थियो । अहिले सम्म गेरेनीको भिरबाटोबाट बारेकोट जाने र बारेकोटबाट आउने क्रममा ४ जनाको अकालमा मृत्यु भएको पत्रकार हेमन्त के.सीले बताए ।

सजिलो घोरेटो बाटो नभएर ४ जनाको मृत्यु भइसक्दा पनि स्थानीय सरकारले बैकल्पिक घोरेटो बाटो बनाउन नसक्नु दुखको कुरा हो पत्रकार के.सीले भने । बारेकोटबाट सदरमुकाम खलंगा आवत जावत गर्ने कालीमाटी गेरेनीको ३ किलोमिटर बाटोमा नलसिंहगाड जलबिद्युत अयोजनाको पहुँच मार्ग निर्माण काम जारी छ । पहुँच मार्ग निर्माणको क्रममा पुराना बाटो भत्किएको छ ।

पहुँच मार्ग निर्माणको ढिलाईले हजारौं बारेकोटबासीले सास्ती खेप्तै आएका छन । पहुँच मार्ग निर्माणको क्रममा पुरानो भिरालो बाटो भत्किएर झन जोखिमपूर्ण बनेको बारेकोट ८ का कालीबहादुर नेपालीले बताए । तीन बर्षदेखि पहुँच मार्ग निर्माणको काम पुरा हुन सकेको छैन । समयमा पहुँच माग निर्माण नहुदा ३ किलोमिटर बाटो यात्रुले अप्ठेरो भिर र नदीमा हालिएका लाप्काबाट पार गर्नु पर्ने बाध्यता छ ।

बारेकोटका स्थानीयले दैनिक उपभोग्य बस्तु लगायत बिभिन्न निर्माण समाग्री यहि अप्ठेरोबाटोबाट बारेकोट पुर्याउनु पर्ने बाध्यता छ । अप्ठेरो बाटो ठुलो भारीका कारण भिरबाट लडेर लाप्काबाट नदीमा खसेर बटुवाको ज्यान गरेको बारेकोट गाउँपालिका पशुपंक्षी शाखाका प्रमुख गोबिन्द सिंह बताउछन ।
सडक यातायातसंग नजोडिएको बारेकोट गाउँपालिकासम्म आवत जाावत गर्न बालबालीका र बृद्धबृद्धालाई त असम्भब छ । बाटो निकै जोखिमपूर्ण रहेकोले बारेकोटबाट उपचारको बिरामी बोकेर सदरमुका ल्याउन समेत नसकिने अबस्था छ ।

नलगाड नगरपालिकाको कालीमाटी देखि बारेकोट गाउँपालिकाको लैखमसम्मको पैदल बाटो हिड्दा बटुवाले ज्यानको बाजी लगाएर हिड्नु पर्ने अबस्था छ । पहुँच मार्ग निर्माणको काम छिटो सम्पन्न गर्नु पर्ने वा पैदल बाटो मर्मत गरी सहज बनाउनु पर्ने बारेकोटबासीको माग छ । तर कसैले चासो नगरेको बारेकोट ५ लोकबहादुर सिंहले गुनासो गरे । चाडो पहुँच मार्ग निर्माण सक्न निर्माण कम्पनीलाइ ताकेता गरी अल्पकालीन रुपमा बैकल्पिक घोरेटोबाटो खोल्नु पर्ने बारेकोटबासीको माग छ ।


ताजा समाचार