Loading... आजः शनिबार, कार्तिक ८, २०७७

जाजरकोटी रैथाने संस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनी चैत २१ गते हुदै


जाजरकोट । जाजरकोटको ऐतिहासिकतासंग जोडिएका रैथाने लोक नृत्य तथा परम्परागत संस्कृतिको प्रदर्शनी काठमाण्डौंमा यही चैत्र २१ गते हुने भएको छ । जिल्लाको परिचयलाई बदलेर पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन तथा रैथाने लोक नृत्यलाई राष्ट्रियकरण गर्नका लागि काठमाण्डौंमा प्रर्दशनी गरिने भएको हो ।

प्रदर्शनीमा जिल्लाको लोक तथा परम्परागत नृत्यहरु, जाजरकोटको संस्कृति झल्काउने बृतचित्र, फोटो प्रदर्शनी मुख्य अकर्षणका रुपमा रहने छन् । जिल्लाको खाँडो नाँच, सिँगारु नाच, ख्याली नाँच, गर्रा, देउडा, हिउदाले ठाडिभाका, जाजरकोटको लोक झ्याउरे आदि प्रदर्शन गरिने प्रदर्शनी आयोजक मुल समारोह समिति काठमाडाँैका कोषाध्यक्ष दिपक शर्माले जानकारी दिए ।

जाजरकोट क्षेत्रको र समग्र जिल्लाको प्राकतिक तथा सांस्कृतिक सुन्दरताको बारेमा बायन गरेर बनाईएको वृत्तचित्र पनि प्रदर्शनीमा देखाइने आयोजकले जनाएको छ । त्यस्तै जिल्लामा रहेका मनोरम सास्कृतीक,पर्यटकीय तथा धार्मिक स्थलहरु र विशेषगरि तस्वीरहरु पनि प्रदर्शनीमा राखिनेछ मुल आयोजक समितिका उपाध्यक्ष राजन थापाले जनाएका छन् ।

प्रदर्शनीमा ४ लाख जनाले अवलोकन गरीने अनुमान गरिएको महासचिव भौतिम मल्लले जानकारी दिएका छन् । पश्चिमी रैथाने सास्कृतीको बिशालताको महत्व पुष्टी गर्ने उदेश्यले गरिन लागिएको प्रदशर्नीले जाजरकोटको बारेमा राष्ट्रिय अन्तराष्ट्रिय रुपमा प्रचारप्रचार तथा यसको बिशालतालाई ब्यापकता दिनेछ उनको विश्वास छ ।

जाजरकोटका संभावना र चुनौतीहरुको बिषयमा सरोकारवालाहरुको ध्यान केन्द्रीत गराउने, स्वदेशी तथा बिदेशी पर्यटकहरुको ध्यान आर्कषण गराई जिल्लाको आर्थिक समृद्धिलाई टेवा पुर्याने विश्वास लिइएको छ । यही २१ गते हुने प्रदर्शनीको सम्माननिय राष्ट्रपति बिद्यादेवी भण्डारीबाट उद्घाटन हुने र उपराष्ट्रपति नन्द बहादुर पुनबाट समापन हुने आयोजकले जनाएको छ ।


ताजा समाचार