Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

अनैतिक संबन्ध राखेको आरोपमा जेठाजु बुहारीलाई वडाध्यक्षले यसरी कुटे

रञ्जन भण्डारी महोत्तरी । अनैतिक सम्बन्ध राखेको आरोपमा वडाध्यक्षले जेठाजु र बुहारीलाई वडा कार्यालयमा निर्घात कुटपिट गरेका छन् । सोनाम गाउँपालिका ७ सुन्दरपुरका वडाध्यक्ष महेश यादवले स्थानीय ५५ बर्षीय झौली यादव (नाम परिवर्तन) र उनका भाइबुहारी पर्ने ४५ बर्षीया मनतोरिया (नाम परिवर्तन) लाई अवैध सम्बन्ध राखेको आरोपमा कुटपिट गरेको प्रतक्ष्यदर्शीले बताए ।

उनीहरुलाई चरम यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ । पञ्चायतमा वडा अध्यक्ष यादवले महिलालाई कुटेको तथा अधवैसे पुरुषलाई स्थानीय अमृत यादवले कुटेको त्यहाका स्थानियहरुले मोवाईलमा दृष्य देखेपछि पहिचान गरेका छन् । उक्त घटना वाहिरिएपछि महोत्तरीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतको निर्देशनमा पीडितको घरमै पुगेर उजुरी दिन भन्दा पीडितले उजुरी नदिने वताएको प्रहरीको भनाई छ ।

पीडितलाई कुट्ने पक्षहरुले धम्काएको हुन सक्ने र सोही कारण उनी उजुरी दिन नमानेको एक स्थानीयले जनतासमाचारसँग बताए । यता गाउँपालिका अध्यक्षले भने पंचायत बारे आफुलाई थाहाभएपनि कुटाई वारे थाहा नभएको प्रतिकृया दिएका छन् । प्रहरीले उजुरी परेभने कार्यवाहीमा सजिलो हुने तर उजुरी नपरेपनि छायांकन गरिएको दृष्यकै भरमा समेत अनुसन्धान गर्न सकिने भन्दै घटनाको छानविन सुरु गरिसकेको जनाएको छ ।

वडाअध्यक्षलाई प्रहरीले पत्र काट्यो

प्रहरीले सोन्मा गाउँपालिकामा वडा अध्यक्षलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय हाजिर गराउन पत्र काटिसकेको र उनी आफै नआए प्रहरी लगाएर भएपनि उनलाई ल्याएर अनुसन्धान तथा कार्यवाही अगाडी वढाईने प्रहरीको भनाई छ ।

जनता समाचारबाट साभार


ताजा समाचार