Loading... आजः शनिबार, कार्तिक ८, २०७७

पशुपालन वाट वार्षिक २ लाख मेहनत गरे स्वदेशमै आम्दनी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१४ गढीका टेकराज चालिसेले पशुपालन व्यवसाय वाट मनगय आम्दानी गर्न सफल भएका छन्। उनले व्यववासायिक रुपमा पशुपालन गरि मनग्य आम्दानी गर्न थालेका छन् ।

युवाहरु विदेश पलायनको समयमा समेत उनले भैसी र गाई पालन गरी आम्दानी गर्ने युवाहरुको नमुना वनेका छन् । ८ कक्षा पास गरेका उनले २ भैसी र १ गाई पालन गरेका छन् । गाई र भैसीको गरि दैनिक २१ लिटर दुध विक्री गर्ने गरेको वताए । उनले दुध विक्री वाट वार्षिक  २ लाख रुपैया आम्दानी हुने गरेको वताए । मेरो घरमा ६ जनाको परिवार छ सवै कटाएर मैले २ लाख रुपैया वचत हुने गरेको चालिसेको भनाई छ ।

स्वदेशमा नै काम गर्न थाले विदेश जान नपर्ने चालिसेको भनाई छ । विदेशमा पैसा मात्र हो परिवार कहाँ हुन्छ । पैसामात्र भएर नहुने तथा विदेशको जस्तो दुख पनि त गरेको छैन । राम्रै छ यसै व्यवसायमा खुसी छु । पशुपालन भैंसीपालन अंगालेका चालिसे व्यवसायबाट सन्तुष्ट छन् । जागिरभन्दा व्यवसाय नै उपयुक्त लागेको चालिसेको भनाईछ पशुपालनको साथसाथै उनले गाउमै किराना पसल समेत गरेको वताउछन् ।

गरिवि निवारण कोषको सहयोगमा स्थानीय विकास कोष सुर्खेतले उनको गाउमा सञ्चालन गरेको घुम्ती कोष जरेपानि सामुदायिक सस्थाका अध्यक्ष समेत रहेका चालिसेले समुहवाट ४० हजार रुपैया ऋण लिएका छन् । समुहमा वसेपछि आफुले व्यवसाियक पशुपालन व्यवसाय सुरु गरेको उनको भनाई छ । व्यवसाय गर्न चाहने समूहका सदस्यलाई सामुदायिक सस्थाले व्यवसाय सञ्चालनसम्बन्धी तालिम दिएपछि गंगाले सो व्यवसाय शुरु गरेको वताईन् ।

पशुपालन त गर्दे आएको थिए तर व्यवसायिक रुपमा भने भरखरै गर्दे आएको उनको भनाई छ । चालिसे थोरै पुँजीबाट पनि व्यवसाय सुरु गर्न सकिन्छ भन्ने उदारणसमेत बनेका छन ।


ताजा समाचार