Loading... आजः शनिबार, कार्तिक ८, २०७७

काङ्ग्रेस का वडाअध्यक्ष सट्टामा परीक्षार्थी राखेपछि पक्राउ


जाजरकोट ।
एसईई परीक्षामा जाजरकोटमा सट्टा परीक्षार्थी राख्ने वडा अध्यक्ष पक्राउ परेका छन् । तर, उनलाई एकैदिनमा छोडिएको छ । सट्टामा परीक्षार्थी राखेको दिनको परीक्षा रद्ध गरि सर्वपक्षीय छलफलपछि उनलाई छोडिएको हो ।

शिवालय गाउँपालिकाको बीरेन्द्र उच्च मावि परीक्षा केन्द्र जुंगाथापाचौरमा एसईई परीक्षामा सहभागी सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष अमर बहादुर चन्दले सोमबार गणित विषयको परीक्षामा आफ्नै गाउँपालिकाका कर्मचारी क्षेत्रबहादुर चन्दलाई नक्कली परीक्षार्थी खडा गरेको भेटिएको थियो ।

वडाध्यक्ष चन्दको सोमबार गणित विषयको परीक्षा रद्ध गरिएको भएपनि मंगलबार विज्ञान विषयको परीक्षामा भने सहभागी गराइएको छ । गएको स्थानीय निर्वाचमा काँगे्रसको तर्फबाट वडा अध्यक्ष जितेका चन्दले परीक्षा खुकुलो हुने आशले जाजरकोटको बीरेन्द्र उच्च माविबाट फारम भरेका थिए ।

सम्बन्धित विद्यालयका प्रधानाध्यापक, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सोमबारको परीक्षा रद्ध गरेर बाँकी परीक्षामा सहभागी गराएको केन्द्राध्यक्ष शत्रुघन चौधरीले जानकारी दिए ।

जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले केन्द्राध्यक्षले गर्ने कारवाही त्यति मात्रै भएकोले बताउँदै औपचारिक जानकारी आएपछि जिल्ला शिक्षाले प्रशासनिक कारवाही गर्ने बताए । नक्कली परीक्षार्थी राख्ने वडाध्यक्षलाई कारवाही गर्नुको साटो बाँकी परीक्षामा सहभागी गराउनु शक्ति र राजनीतिक चलखेल भएको अन्य परीक्षार्थीको बुझाई छ ।

स्रोत : दैनिक नेपाल


ताजा समाचार