Loading... आजः बुधबार, कार्तिक ५, २०७७

छाडा प्रस्तुति दिनेहरुलाई गायिका आस्थाको प्रश्न ‘तिमीहरुबाट समाजले कस्तो शिक्षा लिन्छ?’


विभिन्न सांगीतिक कार्यक्रमहरुमा बेथिति बढेको भन्दै चर्चित गायिका आस्था राउतले फेसबुक मार्फत गुनासो पोखेकी छिन् । मेला महोत्वसहरुमा हुने सांगीतिक कार्यक्रमहरुमा समाजलाई अपाच्य हुने प्रस्तुति दिनेको संख्या बढ्दै गएपछि उनले फेसबुकबाट सचेत गराएकी छिन् ।

प्रचुर कला र क्षमता भएकी राउतले मंगलबार एक फेसबुक स्टाटस लेखेकी छिन्, कति स्वरका धनी चेलीहरु घरमै बस्नु पर्या छ, अश्लील कुराहरु र नाङ्गो नाच गर्नेहरु महोत्सवहरुमा बिक्या छन् । समाजमा बिकृति फैलाउन मद्धत गर्दै महोत्सववालाहरु । त्यसपछि उनले लगातार फेसबुकमा स्टाटस पोष्टै गर्दै गुनासोहरु पोखेकी छिन् ।

चर्चित गायिका आस्था राउतले केन्द्र बिन्दु मिडियाको सम्बादमा भनेकी छन् ‘पछिल्लो समय मेला महोत्सवहरुमा नाङ्गीने क्रम बढेको छ । यसले समाजमा नराम्रो छाप छोडेको छ । हामी कलाकारहरु भनेको समाजको एक आईडल हौँ । हामीले नै यस्तो छाडा प्रवृति गर्ने हो भने समाजले हामीबाट के सिक्ने रु मेला महोत्सवमा एउटै उमेर समूहका मान्छेहरु आउँछन् भन्ने हुँदैन । त्यहाँ ५, ७ वर्षको बालकदेखि ७० वर्षसम्मका बृद्ध आमाबुवाहरु पनि आउँछन् । उनीहरुले के शिक्षा लिने हामीबाट रु के कलाकारिता भन्ने कुरा नाङ्गीएर मात्रै हुने कुरा हो त रु एक कलाकार भइसकेपछि हामीले त समाजको नजरमा आईडल बन्नु पर्छ । समाजले भन्न सकोस् छोरी भए त फलनो जस्तो होस् भन्ने, नकि नाङ्गीएर नाम कमाईन्छ भन्ने भ्रम अबोध बालबालिकाहरुमा नपरोस् ।

महोत्सवहरुमा तपाईको माग घट्दै गएर पो हो की भन्ने प्रश्नको जवाफमा राउत भन्छिन, हेर्नुहोस्, मेला महोत्सवहरुमा अहिले पनि मलाई भ्याई नभ्याई छ । केही दिन अघि मात्रै अमेरिकामा मैले धेरै महोत्सवहरु भ्याएर नेपाल फर्केकी छु । नेपालका मेला महोत्सवहरुमा पनि मेरो डिमाण्ड नभएको होईन । धेरै ठाउँमा पैसाको कुरा मिल्दैन् । धेरै ठाउँमा जान सकिने अवस्था हुँदैन् । तर मैले भन्न मात्रै के खोजेको हो भने बालकदेखि बृद्धसम्मले केही सिक्ने र मनोरञ्जन लिन सक्ने थलो बन्न सकुन् मेला महोत्सवहरु । तब मात्र हामी कलाकार हौँ । हामीले समाजका लागि केही गर्न सकेको भन्ने हुन्छ ।

मैले गाएका गीतहरु चौबन्दीमा पटुकी, खै त मलाई झुम्के बुलाकी अहिले पनि उत्तिकै चर्चामा छन् । महोत्सवहरुमा शो नै गर्ने हो भने त मेरो पनि ज्यान कम छैन् । तर त्यो प्रचार दिगो हुँदैन् । संगीत क्षेत्र दिगो हुँदैन । मेलामा सबैखाले दर्शक हुन्छन् । उच्छृंखल गीत गाउँदा केटाकेटी र युवाहरुको मनमा कस्तो प्रभाव पर्छ रु यसबारे कलाकारले सोच्ने की नसोच्ने ? महोत्सवहरु त्यही कारणले मात्रै चल्छन् भन्ने ग्यारेण्टी हो भने त्यहाँ १८ प्लस् भनेर दर्शकहरुलाई प्रवेश गराउनु पर्यो ।

यो सब ज्योती मगरहरुलाई भन्न खोज्नु भएको हो भन्ने प्रश्नको सरल जवाफ यसरि दिएन उनीले, होईन्, मैले महोत्सवहरुमा छाडा प्रस्तुति दिनेहरुलाई भनेको हो । मैले त्यहाँ ज्योती जी मात्र होइन कुनै पनि ब्यक्तिको नाम मेन्सन गरेको छैन् । एक गायिका भएको नाताले, एक महिला भएको नाताले मैले यो सब भनेकी हुँ । हामी कलाकारलाई समाजको ऐना भनिन्छ । गीतको माध्यमबाट हामीले अश्लीलता फैलाउनु राम्रो हो रु ज्योती जी र म स्टेज सेयर गर्न नसक्ने भन्ने पनि होईन् । उहाँ र मेरो कुनै दुश्मनी पनि छैन् । मैले त केवल अहिले देखिएको विकृतिको मात्रै कुरा गरेको हो । नकि उहाँलाई मैले भनेको ।

क्षमताको राम्रो दखल भएकी राउतले युट्युब भ्युअर्सको खण्डन यसरि गरिन, अब युट्युवमा हेर्नेहरु सबैले मन पराएरै हेरेको भन्न कसरी सकिन्छ रु धेरैले हाँस्नका लागी हेरेका हुन सक्छन् । तपाई हामी कसैले पनि महिलाको शरीरलाई पैसा कमाउने र मनोरञ्जन लिने भाँडो सम्झिनु भएन् । पोष्टपार्टीबाट साभार


ताजा समाचार