Loading... आजः सोमवार, कार्तिक १०, २०७७

नलगाड नगरपालिकामा ईलेक्ट्रोनिक हाजिरी सुरु

जाजरकोट , ११ चैत । नलगाड नगरपालिकाले विद्युतीय हाजिरी सञ्चालनमा ल्याएको छ। प्रविधिको विकास संगै नगरले ईलेकट्रोनिक हाँजिरी सुरु गरेको हो । ईलेकट्रोनिक हाँजिरी सेवा सुरु भए संगै कर्मचारीहरु निर्धारीत समयमा कार्यालय आईपुग्ने भएपछि सेवा ग्राहीलाई समेत सहज भएको छ ।  विभिन्न वहानामा कार्यालयमा ढिला गरी पुग्ने कर्मचारीहरुका लागी उक्त हाजिरी सेवाले समयमा पुग्ने वानीको विकास गर्ने अनुमान गरीएको छ भने सेवा ग्राहीहरु लाई कर्मचारीहरुको पर्खाईमा वस्नुपर्ने वाध्यता समेत हटेको नगरप्रमुख टेकवहादुर रावलले बताए।

हाजिरी चैत ९ गते नगर प्रमुख टेक बहादुर रावलले उद्दघाटन गरेका थिए । नगरपालिकाकाे कार्यालय लगाएत   अन्य वडा कार्यालय र नगर भित्रका माध्यामिक बिध्यालयहरुमा  समेत जडान कार्य तिव्ररुपमा अगाडी वढाउने  नगरप्रमुख रावलले बताए । काम काजमा सहज र प्रभावकारी गर्नको लागी प्रत्येक वडा कार्यालयमा ईन्टरनेट जडान कार्य पनि तिव्ररुपमा अगाडी बढाउने नगर प्रमुख राउलकाे भनाइ रहेकाे छ । कसैले काममा खटिर्नुपर्ने प्रथाको अन्त्य गर्न विद्युतीय हाजिरी सुरु गरिएको नगरपालिकाले जनाएकाे छ । हाल जाजरकाेट जिल्लाका ७ अाेटा स्थानिय तहहरु मध्य ईलेकट्रोनिक हाँजिरी सुरु गर्ने नलगाड नगरपालिका पहिलाे नगरपालिका रहेकाे छ । अन्न स्थानिय तहमा मनाेमानित ढंगले कर्मचारि घुमफिरमा ब्यस्त छन ।


ताजा समाचार