Loading... आजः मङ्लबार, कार्तिक ९, २०७८

बिकास निर्माणकाे बजेट महोत्सवमा लगानी हुँदा , स्थानिय नागरिकको असन्तुष्टि

जाजरकाेट ११ चैत । पछिल्लो समय कर्णाली प्रदेशमा मेला महोत्सवमा आकर्षण बढेको छ । विगतमा एदाकदामात्रै हुने महोत्सव अहिले प्रत्यक स्थानीय तहमा हुन थालेको छ । पछिल्लो समय एउटै गाउँ तथा नगरपालिकामा २/३ वटा सम्म महोत्सव हुने गरेका छन् । स्थानीय कला संस्कृति, कृषि तथा पर्यटनको मुख्य नारालाई भजाएर लाखाै रकमको कारोवार गर्छन् । तर, अहिलेसम्म मेला महोत्सवबाट आएको रकम कुनै पनि क्षेत्रमा लगानी गरेको भने देखिदैँन । मेला महोत्सवमा स्थानीयस्तरका कला संस्कृतिले स्थान नपाउने र कृषि प्रर्दशनी, पर्यटकीय क्षेत्रको प्रचारप्रसार नाममा मात्र सिमित हुने आमसर्वसाधारणको गुनासो छ ।

सरकारको बजेट महोत्सवमा लगानी
नीजि क्षेत्रको अलवा स्थानीय सरकार समेत मेला, महोत्सव आयोजना गर्न हौसिएको पाइएको छ । गाउँ तथा नगरपालिका र वडा कार्यालयले समेत महोत्सवको आयोजना गर्ने लहर चलाउन थालेका छन् । प्रदेशस्तरिय महोत्सव सकिएको महिना दिन नहुदै सुर्खेतमा बराताल गाउँपालिकाले यही चैत २३ देखि महोत्सवको आयोजना गर्ने भएको छ ।  जसका लागि गाउँपालिकाले २० लाख भन्दा बढी रकम लगानी गर्न लागेको अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिए । जाजरकोटमा महोत्सव सञ्चालनका लागि गाउँपालिकाले ५० र नगरपालिकाले १/१ लाख दिने प्रतिवद्धता गरेका थिए । जसमध्ये केही नगरपालिकाले २ लाख भन्दा बढी रुपैयाँ पनि दिईसकेको उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले जानकारी दिए ।  पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न भन्दै महोत्सव आयोजना गरिएकाे  उनी बताउँछन् । त्यस्तै कृषि तथा पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने नारा सहित ‘दोस्रो जाजरकोट महोत्सव कृषि, पर्यटन तथा व्यापार मेला २०७४’ लागेकाे केहि दिन बित्न नपाउदै  अर्काे माछा महोत्सव समेत सम्पन्न भएको छ । हाल स्थानिय तहबाट बिकास निर्माकाे लागि    बिनियाेजित बजेट महाेत्सब र मेलाम मात्र प्रयाेगरी हाल नतिजा भने शुन्य रहेकाे स्थानिय नागरिक हरले गुनासाे गरेका छन । नत महाेत्सब बाट अाम्दानि खर्चकाे बिबरण सार्वजनिक नत कुनै सामाजिक काम जाजरकाेटमा हाल सम्म पनि अस्त ब्यस्त रहेकाे छ । त्यस्तै सुर्खेतका विभिन्न स्थानमा भएको महोत्सवमध्य गुर्भाकोट नगरपालिकामा माघि मेला वडा कार्यालयले नै गरेको छ । सो मेला झण्डै १४ लाख खर्च गरेर आयोजना गरेको थियो । नगरपालिकाले समेत अन्य स्थानमा आयोजना गरिएको महोत्सवलाई ५० हजार रुपैयाँ सहयोग गरेको नगरप्रमुख हस्त पुनले बताए ।

 नागरिकको असन्तुष्टी 
स्थानीय सरकारले मेला महोत्सवका लागि बजेट दिन नहुने आमनागरिकको भनाई छ । आयोजक र विचौलीयाले रजाँई गर्ने भन्दै सरकारको बजेट दुरुपयोग हुने बताएका छन् ।

सुर्खेतका व्यापारी रहमान अनसारीले महोत्सवमा सरकारले लगानी गर्नु भनेको पानीमा बालुवा हाले सरह हुने बताए । ‘महोत्सवको लगानिले जनतालाई फाईदा छैन् ।’ उनले भने,‘आयोजकलाई र मेलाका विचौलियाहरुलाई पोस्याउने मात्रै हुन्छ केही फाईदै छैन् ।’

कला संस्कृति र पर्यटन क्षेत्रमा टेवा पुग्छ : अध्यक्ष शाही
प्रदेश उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाहीले महोत्सव विशेष गरेर स्थानीयस्तरको कला, संस्कृती संरक्षण र पर्यटन क्षेत्रमा टेवा पु¥याउँने उद्देश्यले आयोजना हुने गरेको बताए । पर्यटन क्षेत्रको प्रचार प्रसार हुने, पहिचान झल्काउने, विभिन्न घरेलु उत्पानहरु प्रदर्शन हुने, आर्थिक कारोवारमा वृद्धि हुने उनको भनाई छ ।

महोत्सवले अहिले तत्कालै केही विकास नदेखिए पनि विस्तारै प्रदेशको समृद्धिमा सहयोग पुग्ने उनको दावि छ । महोत्सवबाट अहिलेसम्म केही गर्न नसकिएको भन्दै प्रदेशस्तरीय महोत्सवको रकमले महासंघको भवन बनाउने उनले बताए ।

झण्डै २ दर्जन महोत्सव 
प्रदेशको राजधानी सुर्खेतमा असोज देखि यता ६ वटा मेला, महोत्सव भईसकेको छन् भने, १ महोत्सव हुने तयारीमा छ । प्रदेशस्तरिय औद्योगिक व्यापार पर्यटन, तथा कृषि महोत्सव २०७४, कृषि व्यापार तथा सांस्कृतिक माघि महोत्सव, खरिगैरा महोत्सव, होलीको अवसर पारी फागु महोत्सव समेत गुर्भाकोटमा नगरपालिकामा आयोजना भईसक्यो । यता रमाईलो दशै औशी खेलकुद महोत्सव भेरीगंगा नगरपालिका गरी ६ वटा मेला, महोत्सव सम्पन्न भएका हुन् ।

अझै बराताल गाउँपालिका सुर्खेतले आगामी २३ बाट आयोजना गर्ने तयारीमा छ । यो गाउँपालिकाले पनि २० लाख रुपैया लगानि गरेर कृषि तथा पर्यटन क्षेत्रको प्रवर्धन गर्ने योजनाका साथ आयोजना गर्ने भएको हो ।

सुर्खेतमा मात्रै नभएर जाजरकोटमा समेत २ वटा महोत्सव आयोजना भईसकेका छन् । यहाँ पनि उही कृषि तथा पर्यटन क्षेत्रको प्रचार प्रसार गर्ने नारा सहित ‘दोस्रो जाजरकोट महोत्सव कृषि, पर्यटन तथा व्यापार मेला २०७४’ र अर्काे माछा महोत्सव समेत सम्पन्न भएको छ ।


दैलेखमा पनि दैलेख सांस्कृतिक महोत्सव सम्पन्न भैसकेको छ । जिल्लाका ४ नगरपालिकाले सहयोग गरेका थिए ।

त्यस्तै, रुकुमको चौरजहारी नगपालिकामा समेत माइकी दर्का मेला महोत्सव २०७४ सम्पन्न भएको छ भने यता सल्यान समेत महोत्सव सकिसकेको छ ।

कालिकोटमा समेत प्रथम पचाल झर्ना महोत्सव २०७४ आयोजना गर्न लागिएको छ । नयाँ वर्षको अवसरमा बैशाखमा सञ्चालन हुने भएको हो ।


ताजा समाचार