Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

प्रशासकिय अधिकृत गिरी द्धवारा कार्यालय समयभित्र फेसबुक चलाउन प्रतिवन्ध

 

जाजरकोट,१० चैत। जाजरकाेटकाे भेरी नगरपालिकाका नि प्रमुख प्रशासकिय अधिकृत तुलाराम गिरीले जिम्मेवारि समालेकाे दाेस्राे दिनम कार्यालय समयमा फेस्बुक चलाउन प्रतिवन्ध लगाएका छन । नगरपालिका बाट हुने बिकास निमार्माणका काम लगाएत अन्य बिषयमा सेवाग्राहिहरु लाइ प्रदान गर्ने सेवा दिनकाे लागि हसस्ता अाउने भन्दै साे निर्णय गरिएकाे प्रशासकिय अधिकृत गिरीले यस्ताे कदम चालेका हुन ।  कार्यालय समयमा कर्मचारि उपस्थित नहुने पाेसाक र परिचय पत्र नलगाउनाले पटक पटक नगरपालिकाम गुनासाे अाए पछि उत्त कार्य गर्न बाध्य भएकाे नि प्रमुख प्रशासकिय अधिकृत तुलाराम गिरीले बताए ।

शुक्रबार बसेकाे कर्मचारिहरुकाे  बैठकले कार्यालय समयमा  जन्ताकाे काम गर्ने समय भएकाेले अागामि दिनमा कार्यालय समयमा  फेस्बुक चलाउँनमा प्रतिबन्ध लगाएकाे छ ।  नि प्रमुख प्रशासकिय अधिकृत तुलाराम गिरीकाे अध्यक्षताम बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे भेरी नगरपालिकाका सचिवालय सचिव राजेन्द्र पुनले जानकारि दिए । दैनिक नगरपालिका बाट हुने काममा बाधा नगराउनकाे लागि  कार्यालय समय भित्र फेस्बुक चलाउन नपाइने निर्णय गरिएकाे  गिरीले जानकारी दिए  ।

साथै कार्यालयमा  कर्मचारीहरु बिना  पाेसाक र परिचयपत्र नलगाएर   उपस्थित हुनेगरेकाेले अागामि दिनमा कार्यालय समयमा  कर्मचारी पाेसाक र परिचयपत्र लगायर मात्र उपस्थित हुनु पर्ने  समेत निर्णय गरीएकाे गिरीले बताए  । उत्त बैठकले कर्मचारिहरुकाे खाजा समय तालिका समेत निर्धारण गरिएकाे नि प्रमुख प्रशासकिय अधिकृत तुलाराम गिरीले जानकारि दिए । अहिले सम्म कर्मचारिले अाफनाे मनाेमानि समयमा  खाजा खान फाल्टु घुम्न जाने गरेकाेले अाज देखि  खाजा खाने समय २ बजे देखि २बजेर ३० मिनेट  खाजा समय निर्धारण गरिएकाे छ ।  अागामि दिनमा सेवाग्राही नभए पनि कार्यालय समयमा अाफ्नाे कार्यकक्षमा बस्नु पर्ने समेत निर्णय गरिएकाे छ ।


ताजा समाचार