Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

‘गाई काटेर खान पाउनुपर्छ’ भन्ने अभिब्यक्ति “बास्तबिक्ता यहि हाे अरु केहि हाेइन”….

तपेन्द्र जोसी 
एक ताका नेपालमा जातियताका अाधारमा संघीयता हुनुपर्छ भन्दै खुबै उत्पात मच्चाइयाे । धरातलमा गयर नेताहरुले बुझे कि याे नेपालकाे हितमा छैन भनेर – अहिले त्याे केहि हदसम्म मत्थर भएकाे छ ।

अब अहिले फेरि नयाँ बिषय अाएकाे छ ‘गाई काटेर खान पाउनुपर्छ’ भन्ने । नेपालमा राजनितिक स्थीरता कायम हुने भएपछि अब नेपालमा अस्थीरता कसरी ल्याउन सकिन्छ भन्ने तर्फ बाहिरी तत्वहरुकाे जाेडबल हुंदै गरेकाे देखिन्छ । नेपालमा स्थायित्व देख्न नचाहने शक्तिहरु कुनै न कुनै बहाना खाेजिरहेका छन् ।

पशुबध राेक्नुपर्छ भन्ने बिश्वमा अान्दाेलन चलिरहेकाे बेला नेपालमा भने राष्ट्रिय जनावर (गाई) काटेर खान पाउनु पर्छ भन्ने नयां बिषकाे बिजाराेपण हुदैछ । अब नेपालमा कुन चैं बिषय उठायाे भने नेपालकाे साम्प्रदायिक मेलमिलाप भड्किन्छ त ?? कसरी नेपाली नेपाली बिच द्वन्दात्मक वातावरण सिर्जना गर्न सकिन्छ त ?? भन्नेतिर बाहिरी चासाे छ ।

गाेपाल बंशदेखि अाजका मितिसम्म नेपालमा नउठेकाे सवाल अाजकाे दिनमा अायर गाई काटेर खान पाउनुपर्छ भन्ने बिषय एक्कासी कसरी अायाे ?

सारांशमा उत्तर : जातियताकाे नारालाई नयां ढंगबाट उठाउने प्रयत्न हाे ।


ताजा समाचार