Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

प्रधानमन्त्रीको भारत भ्रमण अगाडि पार्टी एकता गर्ने प्रचण्डको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको मितिबारे प्रस्ताब गरेका छन्। दाहालले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगाडि पार्टी एकता गरिसक्ने प्रस्ताव गरेका हुन्। माओवादी नेता मणी थापाका अनुसार दाहालको प्रस्तावलाई सचिवालयले पारित गर्दै थप तयारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय नभए पनि चैत्र अन्तिम साता हुन सक्ने बताइएको छ।

एकताबारे थप तयारी गर्न माओवादीले १५ गतेलाई सचिवालयय बैठक बोलाएको छ। पार्टीको संगठन तथा अन्य प्राविधिक विषयमा निर्णय लिने गरी १५ गतेको सचिवालय बैठकको तयारी गरिएको छ।

एकताका विषयमा बनाइएका कार्यादलले आफ्नो काम सकेकोले तीन दिन भित्र पार्टी एकता संयोजन समितिको बैठक बसेर त्यसलाई अनुमोदन गर्ने पनि दाहालले नेताहरुलाई ब्रिफिङ गरेका थिए।

स्रोत : नागरिक


ताजा समाचार