Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

ओडिआईको लागी क्रिकेट मैदान अनिवार्य, हेर्नुहोस तस्बिरमा निर्माणाधीन प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुर

पवन शर्मा
कोहलपुर । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यताको ऐतिहासिक सफलता पछि विभिन्न किसिमका बहस शुरू हुन थालेका छन् । एउटा बहस हो क्रिकेट मैदानको ।

नेपालमा अन्तर्राष्ट्रिय खेल खेल्ने त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान बाहेक अन्य मैदान नहुनुले नेपाललाई अन्य देशलाई बोलाएर सिरिज खेल्ने र ओडिआई खेलहरू आयोजना गर्ने बाताबरण नबन्ने अबस्था सृजना हुन सक्छ । त्यसैले छिटो भन्दा छिटो ३/४ वटा मैदानलाई ओडिआई खेल्ने खालको मैदान बनाउन जरूरि छ ।

अन्तर्राष्ट्रिय सगसगै घरेलु खेलका लागि पनि राष्ट्रिय स्तरको क्रिकेट मैदान हुन जरुरी देखिन्छ । नेपालले अन्तर्राष्ट्रिय खेलका लागि त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरउन्नति सगै मुलपानि क्रिकेट मैदानहरू छिटोभन्दा छिटो तयार गर्न जरूरि छ । तेसैगरि घरेलुु प्रतियोगिताको लागि विभिन्न शहरमा क्रिकेट मैदान खेल्य योग्य बनाउन जरुरी छ ।

विभिन्न शहर अन्तरगत बाँकेको कोहलपुरमा भएको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान पनि एक हो । २०६१ सालमा नगरविकासले क्यानलाई उपलब्ध गराएको ४ विघा भन्दा बढि जमिनमा फैलिएको उक्त क्रिकेट मैदान अन्तर्राष्ट्रिय स्तरको बनाउन भनेरै एसिसि ले पनि सहयोग गरिसकेको छ । तर दसकौ बर्ष सम्म पनि मैदान राष्ट्रिय खेल खेल्न योग्य सम्म बन्न सकेन । प्रत्येक बर्ष बजेट बिनियोजन हुन्छ तर कहिले बजेट फ्रिज नै हुन्छ त कहिले झारा टार्ने काम मात्रै भएको छ ।

उक्त क्रिकेट मैदानको लागि अहिले केही काम दुर्त गतिमा भैरहेको छ । मैदानमा वाल लगाउने काम चलिरहेको छ भने मध्य पश्चिम क्रिकेट क्लबको सहयोगमा ट्वाइलेट र बाथरुम बनाउने काम पनि जारी रहेको छ । केहि दिनपछि शुरू हुने बहिरा राष्ट्रिय क्रिकेट प्रतियोगिता र नेपालगन्ज कपका लागि पनि काम भैरहेको छ ।

हेर्नुहोस् तस्बिरमा निर्माणाधीन प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुर

तस्बिर: संगिन शर्मा/नितेश विष्ट


ताजा समाचार