Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

क्रियासिल पत्रकार कोहलपुरले गर्यो विभिन्न निर्णयहरु

फाइल फोटो

कोहलपुर । कोहलपुरमा रहेका क्रियासिल पत्रकारहरुको शनिबार कोहलपुरमा बसेको संयुक्त बैठकले कोहलपुरमा रहेका क्रियासिल पत्रकारहरुका  बारेमा विभिन्न निर्णयहरु गरेको छ ।

क्रियासिल पत्रकार समुह कोहलपुरका अध्यक्ष निर्मल आचार्यको अध्यक्षतामा बसेको बैठनले कोहलपुर नगरपालिकालाई पत्रकार कल्याण कोष स्थापना गर्न माग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले श्रमजीवि पत्रकारहरुले आफूले काम गर्ने सञ्चार सस्थाहरुमा काम गर्दा नियुक्ती पत्र लिएर मात्र काम गर्ने र सो नियुक्ती पत्र यथाशिघ्र उपलब्ध गराउन क्रियासिल पत्रकार समूहले पहल गर्ने , त्यति गर्दा पनि सञ्चार संस्था सञ्चालकहरुले श्रमजीवि पत्रकारहरुलाई नियुक्ती पत्र नदिएमा नेपाल पत्रकार महासंघ बाँके शाखालाई नियुक्ती दिलाई दिन आग्रह गर्ने निर्णय गरेको छ ।

त्यस्तै क्रियासिल पत्रकार समूहको अगुवाइमा यही चैत्र महिना भित्र कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरु सँग सञ्चार तथा विकास निर्माण सम्बन्धी विषयमै केन्द्रित रहेर अन्तरक्रिया गर्ने । त्यस्तै आगामी २०७५ साल बैशाख महिनाको पहिलो हप्तामा कोहलपुर नगरपालिका भित्रका सरकारी कार्यालयका प्रमुखहरुसँग शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णण् गरेको छ । साथै कोहलपुर नगरपालिकाले आफ्नो नगरसभाबाट पारित गरेको कार्यक्रम अनुसार विनियोजन गरेको ‘पत्रकारिता विकास ’रकम बाट कोहलपुरमा रहेका क्रियासिल पत्रकारहरुलाई सञ्चार उपकरणहरु यथाशिघ्र वितरण गर्न आग्रह गर्ने निर्णय  गरेको बैठक पश्चात क्रियासिल पत्रकार समुहका अध्यक्ष निर्मल आचार्यले बताए । आचार्यका अनुसार यही चैत्र २४ गते कोहलपुर रहेका सबै क्रियासिल पत्रकार तथा सञ्चार संस्थाका सञ्चालकहरुको संयुक्त वनभोज कार्यक्रम गर्ने निर्णय समेत भएको छ ।

क्रियासिल पत्रकारहरुको सो बैठकमा नेपाल पत्रकार महासंघका बााके उपाध्यक्ष प्रदिप वाग्ले , क्रियासिल पत्रकार समुहका सल्लाहाकार भीम रावत , राजेश आचार्य , पुजन विश्वकर्मा सहित कोहलपुरमा रहेका युगयान दैनिक, मिसन टुडे, पिपलबोट, मार्गरेखा, तथा कोहलपुर एफएम र प्रतिवोध एफएम लगायत कोहलपुरमा रहेका करिब डेढ दर्जन बढी क्रियासिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।


ताजा समाचार