Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

अबकाे समय रुढिवादि परंपरा र परिवर्तित समय हाे ।

तिबेला फेरि अनावश्यक बिषय ले विवाद काे रुप धारण गर्न खाेजेकाे छ। हामिहरु अाज पनि नयाँ नयाँ अाविष्कार,नयाँ चिज काे खाेजि र त्यसका नियम काे अध्ययन अनि मानव समुदायकाे हितमा त्यसकाे प्रयाेग , बिकास र प्रगति काे कुरामा हाम्राे बहस केन्द्रित हुदैन बरु अझ “याे खाने कि त्याे खाने वा नखाने!”मा बहस हुन्छ,जसले गर्दा हाम्रा दशकाैं समय यसै ले खायाे र खानेछ।संसार का अन्य मुलुकहरु
मंगल ग्रहमा बस्ती बसाउने अभ्यास गर्दैछन,मावन जाति लाई सुविधायुक्त बनाउने खाेजि गर्दैछन यद्यपि सबैलाई समेटन नसक्ला तर जीवन र जगता बाकि रहस्य पत्ता लगाउदैछन।हामी भने ५ हजार बर्ष पहिले तत्कालीन समाज संचालनकाे अावश्यक्ता ले कथिएका कुरा लाई “छेपाराे ले खामाे “समाते झैं ।

चपक्क समात्न छाेडेनाैं।त्यसकारण हामी ले प्रगति गर्न सकेनाैं ।याे भनाइ स्वयं भारतिय विद्वान,शाेध कर्ता र इतिहास विदहरुकाे हाे।
यसमा पहिलाे कुरा त स्वास्य विज्ञान ले भनेकाे के हाे भने स्वास्थ्य लाई फाईदा हुने खानु पर्ने र खराव हुने नखाने हाे।
हामी बिज्ञापन काे रुपमा “मादक पदार्थ,धुम्रपान,लागू पदार्थ र सुर्तीजन्य वस्तु स्वास्थ्य काे लागि हानिकारक छन्।”के यी चेतावनिका बाबजुद खाना-पिउन वा चपाउन छाेड्याैं?medical science ले राेग काे प्रकृति हेरि “राताे मासु कालाे
दाल,चिल्लाे पिराे,अमिलाे”नखानु भन्दाे रहेछ।तर जात र धर्मकाे अाधारमा “याे खानु र त्याे नखानु”भन्दैन।

दाेस्राे कुरा ,प्रचिन इतिहासमा मानव जातिले सबै भनेग्य वस्तु भाेग गरेर अायाे र अनुभव बटुल्याे।त्यस अनुसार मासु खाएर भन्दा दूध खाएर स्वस्थ र बलियाे देखियाे।त्यस पछि दूध काे लागि माउ जाति लाई दुधकाे लागि पा्ल्नु उपयुक्त ठाने।साथै कृषि युगमा प्रबेश गरेपछि खेतिकाे लागि गाेरु उपयुुक्त ठानियाे र गाेरु काे लागि पनि गाई पाल्नु पर्ने भाे।तै पनि तत्कालीन “देवता”हरुले समेत माउ जाति काे मासुखाना नछाेडे पछि विधान बनाई राेक्न लगाइयाे।अथवा गाईकाे दूध खाए पछि गाई अामा हाे भन्ने मान्यता अगाडि अायाे।खास त्यति बेला सबै खालका पसुकाे माउ(पाथि)जाति नमार्ने भन्ने हाे गाई मात्र हाेईन।हामी हरु लाई पनि याद पंचायत कालमा बाख्रि काटे कानुन लाग्दथ्याे।सुरुकाे बेला त देव हरुका दुई वा तीन समूह भेट भएमा १०९ वटा पशुकाे वलि दिएर यज्ञ गर्दथे जसमा पशु पर्दथे।

तेस्राे कुरा,संस्कार इतिहास हेर्याैं भने एउटै छैन समुदायै पिच्छे फरक छ र समय अनुसार फेरिएका पनि छन्।
उदाहरणकाे लागि नेपालका खस अार्य या वैदिक अार्यले अादर्श मानेकाे भारत लाई हेराैं-“प्राचीन भारतमा याैन सदाचार”शिर्षक मा राहुल साँकृत्यायन लेख्दछन”धर्मात्महरु जाे कुरा लाई सदाचार कुरा गर्छन त्याे उनिहरु काे बुझाईमा यस्ताे अटल,र अमर विधान हाे जाे सबै देश -कालमा एउटै हुन्छ ,याे गलत हाे।उत्तर भारतमा मामा र फूपू का छाेरा छाेरि साख्कै भाइ बहिनी मानिन्छ जब कि उडिसा र गुजरा देखि दक्षिण मा मामा फूपू का छाेरा छाेरिकाे बिबाहकाे पहिलाे हक हुन्छ।त्याे भन्दा पहिला प्राचीन भारत पुराना ग्रन्थ पल्टाएर हेर्नुस ,नदि पारि भएर पनि पारासर कि सत्यवति(मल्लाहपुत्रि)

संग काे समागम प्रशिद्ध छ,(महाभारत अादि पर्व)उतंक ले ऋतु शान्ति काे लागि अाफ्नै गरु पत्नि संग समागम,चन्द्रमा ले गुरु वृहस्पति कि भार्या तारा संग रति जस बाट बुध पैदा भए,गाैतम पत्नि अहिल्याकाे चेला ईन्द्रकाे सम्बन्ध प्रशिद्ध छन्।
त्यस्तै पाण्डवहरुकि अामा कुन्ति कुमारि मै कर्ण लाई पैदा गरिन्।यस्ता उदाहरण अनगिन्ति छन्-ईक्ष्वाकु का निर्वासित कुमार हरुले अाफ्नै बहिनी संग बिबाह गरे जस बाटशाक्य वंशकाे शुरुआत भयाे।”-राहुल साँकृत्यायन (बैज्ञानिक भाैतिक वाद हिन्दिमा)
याे भनाई ले के पुष्टि हुन्छ भने पहिलाे सदाचार सधै एउटै रहदैन परिवर्तन भई रहन्छ किन कि प्राचीन कालमा जाे सदाचार थियाे उत्तर वैदिक कालमा हटेर गए।दाेस्राे याे समुदाय पिछ्छे फरक हुन्छ कहि कहि मामा कि छाेरि बहिनि त कुनै समुदायमा श्रीमती !हाम्राे समाजमा पनि अद्यावधिक कायम छ कि अकसर मगर समुदायमा मामा कि छाेरि संग फुपुका छाेराकाे बिबाह हुन्छ।

याे चलन पुर्व राजाहरु काे पनि लागू हुन्छ ,त्यहि सिकाे गरेर अन्य ठकुरिमा त्याे चलन चल्याे अन्यथा ठकुरि -बाहुन मा मामा काे छाेरि बहिनी समान मानिन्छ।खैर जे हाेस याे संस्कार,संस्कृति र सदाचार एकै रहदैनन् निरन्तर परिवर्तन हुन्छन्।अ न्तिम मा,नेपाल बहुजातीय ,बहुधार्मिक,बहुभाषिक र बहु साँस्कृतिक देश हाे याे विगत कै संविधान ले स्विकार गरिसकेकाछन्।तर यसकाे प्रभावकारि कार्यन्वयन नहुदा जन गुनासाे विद्राेह मा रुपान्तरण भयाे।शस्त्र र शान्तिपूर्ण दुबै हतियार प्रयाेग गरेर नेपाली जनता ले नयाँ संविधान प्राप्त गरेकाछन्।याे संविधान ले सबै समुदायका अा अाफ्ना हक कायम गरेकाे छ र प्रयाेगमा अाई रहेकाेछ।यसमा कसैले संकिण हुनु पर्ने र काेहि अराजक हुनु पर्ने छैन।

हिजाे काे सत्ताशिन समुदाय उदात् भावमा हुनु पर्छ र हिजाेका शासित भनिएकाे समुदाय कर्तव्यनिष्ट हुँदै अधिकारकाे सहि प्रयाेग मा जुट्नु पर्छ ता कि अाफु लाई जस्तै अन्य समुदायमा उत्पिडनकाे पैंचाे तिरेकाे अनुभुति नहाेस।नेपाल हाम्राे हाे ,हामिले नै बनाउने हाे,अधिकार काे लडाई सापेक्षित रुपले सिद्धयाे समृद्धि काे लडाई बाकि छ त्यसमा हामि सबै एकजुट भए विजय संभव र सुनिश्चित छ। हामी लाई गरिव र पछाडि पार्ने हाम्राे संस्कार पनि जिम्मेवार भन्ने हाे भने एकमत भएर लडाैं तर अापसमा असहिष्णु बनेर कम्जाेर नबनाै पल्तिरका साथि ले जे चाहान्छन त्याे नगराैं ,हामी चाहिने गराैं भन्दा बढि हुन्छ कि?

लेखक कालि बहादुर मल्ल राष्टिय सभा सदस्य हुन ।


ताजा समाचार