Loading... आजः मङ्लबार, अशोज ५, २०७८

क्याम्पसको आकर्षण बढाउन जनप्रतिनीधि, राजनैतिक दल, ध्यान जान जरुरी रहेकाे क्याम्पस प्रमुख


जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय क्याम्पसको समग्र बिकासमा क्याम्पस प्रमुख चन्द्रबहादुर बुढा अहोरात्र खटिएका छन् । आफ्नो शैक्षिक यात्रा सुरु गरेकै साल ९२०४३० मै स्थापना भएको भेरी ज्ञानोदय क्याम्पसको प्रमुखमा नियुक्ती भएपछि बुढाले क्यापसको बृहत्तरहितमा लागि परेका हुन् ।

भेरी ज्ञानोदय क्याम्पस प्रमुखमा २०७४ पुस २० मा नियुक्ति भएका बुढाले एक बर्षको समय निमित्त प्रमुख भएर काम गरेको अनुभव यस अघिनै हासिल गरिसकेका छन् । एमएडसम्मको पढाइ अनुमतिका लागि त्रिभुवन विश्व बिद्यालयमा निवेदन दर्ता गराएका प्रमुख वुढाले क्याम्पसमा टेक्निकल शिक्षा सञ्चालन गर्ने सोच रहेको वताएका छन् । समृद्ध जिल्ला निर्माणमा योगदान गर्न सक्ने जनशक्ति उत्पादन गर्न क्याम्पसमा टेक्निकल शिक्षा सञ्चालन गर्नु पर्ने उनको तर्क छ ।

घट्दो विद्यार्थीसंख्या रहेको क्याम्पसमा बिद्यार्थीहरुको आकर्षणलाई बढाउन युग सुहाउदो शिक्षा सञ्चालन गर्नु पर्दछ प्रमुख वुढाले भने–‘क्याम्पसमा पढाई हुने शिक्षाले बिद्यार्थी आकर्षणलाई बढाउन सक्नु पर्दछ, उक्त शिक्षा हासिल गरेका बिद्यार्थीहरुले नयाँ जीवन पाउन सकुन र समृद्ध जिल्ला निर्माणमा योगदान पनि गर्न सकुन ।’

क्याम्पस घाँटामा ः–
विए, बिएड र बिबिएस सम्मको पढाई हुने भेरी ज्ञानोदय क्याम्पसमा यसबर्ष अध्ययनरत बिद्यार्थीहरुको संख्या ५ सय मात्र रहेको छ । १५ जना प्रध्यापक, अन्य ६ जना कर्मचारी दरबन्दी रहेको क्याम्पसमा ५ सय बिद्यार्थीसंख्यावाट उठाईने अध्ययन शुल्कवाट तलब खुवाउन पनि पुगिरहेको छैन् प्रमुख बुढाले भने–‘क्याम्पस प्रध्यापक र अन्य कर्मचारीको मासिक तलव ७ लाख ५० हजारले बार्षिक रुपमा ९० लाख रुपैया तलव तर्फ खर्च गरिरहेको क्याम्पसले बार्षिक रुपमा बिद्यार्थी अध्ययन शुल्कवाट ६० हजार मात्र आम्दानी गरि रहेको छ ।’

अक्षकोषमा झण्डै एक करोड ४० लाख जम्मा गरेको क्याम्पसले प्रध्यापक र अन्य कर्मचारीको तलब खुवाउनमै ३७ लाख रुपैया खर्च भईसकेको प्रमुख बुढाले जानकारी दिए । अक्षकोषवाट तलव खुवाएर घाँटा ब्यहोरी रहेको क्याम्पसलाई नाफामुखी तथा नतीजामुखी बनाउन क्याम्पसको आकर्षण बढाउन तर्फ जिल्लाका सबै जनप्रतिनीधि, राजनैतिक दल, नागरिक समाज सबैको ध्यान जान जरुरी रहेको प्रमुख वुढाको भनाई रहेको छ । क्याम्पसको अक्षकोषमा एक करोड रुपैया मात्र बचत रहेको उनले जानकारी दिए ।

विगत देखि बर्तमान ः–
कम्पनी ऐन अनुसार २०४३ साल भदौ १८ गते त्रिभुवन विश्व बिद्यालयमा दर्ता भएको भेरी ज्ञानोदय क्याम्पसले २०४३ सालमै आईएको पढाई गर्ने अनुमति पाएको थियो । २०५३ सालमा बीएको पढाई सञ्चालन गर्ने अनुमति पाएको क्याम्पसले २०६० सालमा बीएडको पढाई गर्ने अनुमति पाएको थियो । त्यसैगरी २०७० सालमा बीबीएसको पढाई गर्ने अनुमति पाएको क्याम्पसले एमएडको पढाई सञ्चालनका लागि २०७४ कातिक २३ गते त्रिभुवन बिश्व विद्यालयमा निवेदन दर्ता गराएको छ भने, त्रिभुवन बिश्व बिद्यालयले प्रतिनीधिका रुपमा लोकराज भट्टराईलाई गत फागुन ५ गते जाजरकोटमा पठाएर अबस्था ९फिजी भिलिटी० अध्ययन गरिसकेको छ ।

राज्यपुर्नसंरचना अनुसार कर्णाली प्रदेश राजधानी सुर्खेतमा रहेको मध्यपश्चिम बिश्व बिद्यालयवाट सम्बन्धन प्राप्त गरेर भेरी ज्ञानोदय क्याम्पसले आगामी शैक्षिक यात्रालाई अगाडी बढाउने प्रक्रियाको अन्तिम चरमा पुगेको छ ।

२०४३ साल देखि २०५६ सालसम्म मोहन बिक्रम शाह प्रमुख रहेको क्याम्पसमा २०५७ साल देखि २०६७ सालसम्म उक्त क्याम्पसको प्रमुख गोपाल आरसी रहेका थिए । प्रमुख आरसीको दुखद निधन पश्चात २०६८ साल देखि २०७३ सालसम्म पुन ः मोहन बिक्रम शाह प्रमुख भएर उक्त क्यापस सञ्चालन गरे । २०७३ चैतवाट निमित्त प्रमुखको जिम्मेवारी पाएका चन्द्रबहादुर बुढाले २०७४ पुस २० गते प्रमुखको नियुक्ती पाएर क्याम्पस सञ्चालन गर्दै आएका छन् ।


को हुन  क्याम्पस प्रमुख बुढा ः–
नलगाड नगरपालिका–३ टट्टाका आमा लक्ष्मी बुढा र बुवा प्रताव बुढाका जेठा सुपुत्र चन्द्रबहादुर बुढाको जन्म २०३५ साल माघ २० गते भएको हो । प्रमुख बुढाका ललिता बुढा र चन्द्रा बुढा अगाडीका दुई दिदी हुन भने, अमरबहादुर बुढा पछाडीका भाई हुन् ।

सुर्योदय प्रथमिक विद्यालय डाडाँगाउ–६ टट्टामा २०४३ सालवाट पढाई सुरु गरेका क्याम्पस प्रमुख बुढाले माध्यामिक तहको पढाई भानुभक्त माध्यामिक बिद्यालय लहँवाट पुरा गरेका हुन् । २०५४ सालमा एसएलसी पास गरेका बुढाले २०५५–०५६ सालमा भेरी ज्ञानोदय क्याम्पसवाटै आईएको पढाई पुरा गरेका थिए । सुर्खेत शिक्षा क्याम्पसमा २०५८ साल देखि बिएड पढाई सुरु गरेका बुढाले सुर्खेत शिक्षा क्याम्पसवाटै २०६६ सालमा नेपाली बिषय लिएर एमएडको पढाई पुरा गरे भने, सुर्खेत विरेन्द्रनगर बहुमुखी क्याम्पसवाट सामाजिक विषयमा एमएको पढाई पुरा गरे । वुढाले नेपालगञ्ज महेन्द्र बहुमुखी क्याम्पसवाट एलएलबीको पढाई पनि पुरा गरि सकेका छन् ।

सुर्योदय प्राथमिक विद्यालय डाडाँगाउ–६ टट्टामा २०५६ सालवाट अध्यापन सुरु गरेका बुढाले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय डाडाँगाउ–७ चाउलेचौरमा अस्थायी दरबन्दीमा रहेर तीन बर्ष सेवा गरे । २०६२ साल देखि २०६३ सालसम्म एक बर्षसम्म कालिकोटको तीला कर्णाली बुहुमुखी क्याम्पसमा प्रध्यापक भएर अध्यापन सेवा गरेका बुढाले २०६३ सालमा दिएको प्राथमिक तहको आन्तरिक परिक्षावाट स्थायी शिक्षक भए । बुढाले नेराप्रावि चाउलेचौरमा सट्टा शिक्षक राखेर भेरी ज्ञानोदय क्याम्पसमा २०६७ सालसम्म करार प्रध्यापक नियुक्ति लिएर अध्यापन गरे । २०६७ सालमा स्थायी प्रावि शिक्षक पदवाट राजीनामा दिएर २०७२ सालसम्म अस्थायी प्रध्यापक नियुक्ति लिएर भेरी ज्ञानोदय क्याम्पसमा अध्यापन गरे । २०७२ साल देखि स्थायी प्रध्यापकको नियुक्ति पाएका बुढाले यहि २०७४ साल पुस २० गते क्यापस प्रमुखको नियुक्ति पाउन सफल भएका हुन ।


ताजा समाचार