Loading... आजः शनिबार, कार्तिक ८, २०७७

रिसको झोंकमा बीच सडकमा श्रीमतीको नाक खाइदिएपछि

एजेन्सी । पारिवारिक विवादको रिसमा एक श्रीमानले बीच सडकमा श्रीमतीको नाक खाइदिएका छन् । उनले बीच सडकमा श्रीमतीलाई समातेर उनको नाक खाइदिएका हुन् । हिजो बिहान ११ बजे घटना भएको हो । ती महिला आफ्ना श्रीमान् र छोरासँग माइती जान हिँडेकी थिइन् ।

माइती जानको लागि बस बिसौनीतर्फ जाने क्रममा उनीहरु दुईबीच झगडा भएको थियो । भारतको मध्यप्रदेशको भोपालनजिकै बिजनीपुराकी गन्नीबाइ नामकी ती महिलाका पति मुकेशले रिसको झोंकमा नाक खाइदिएका हुन् ।

पत्नीको नाकको एक भाग पतिले टुक्र्याइदिएका छन् । त्यसपछि पत्नी रुँदै प्रहरीमा गइन् पति मुकेश त्यहाँबाट फरार भए । प्रहरीले महिलालाई अस्पतालमा भर्ना गरेर आरोपी मुकेशको खोजी गरिरहेको छ ।


ताजा समाचार