Loading... आजः बिहिबार, मंसिर ११, २०७७
Trending

कर्णाली प्रदेशको ‘सिञ्जा’ जुन विश्व सम्पदामा समेटिएको छैन

पदमप्रसाद आचार्य सिञ्जा, जुम्ला
हाल कोहलपुर–६, बाँके
उदाउदो कर्णाली प्रदेशको टेवा पुर्याउने इतिहास विकासलाई हेर्नेहो भने इशाको १२ औं शताब्दी तिर तिब्बतको खाली प्रदेशबाट आएका इतिहासिक नागराजाले कर्णाली प्रदेशमा स्वतन्त्र खस राज्य स्थापना गरेको किमदन्त्ती अनुसार मानिन्छ । अर्को सन्दर्भमा नेपालको पहाडी क्षेत्रमा बसोबास गर्न आर्यमुलका मानिस कुमाउ गढवाली तिरबाट लागेको मानिन्छ । खारी क्षेत्रबाट आएर शासन गरेको हुनाले उनको शासन क्षेत्रलाई खसान भनियो भन्ने मत स्वभाविक लाग्छ ।

नेपाली भाषाको उत्पती स्थल मानिने जम्लाको सिंजा क्षेत्रको इतिहासलाई हेर्नेहो भने प्राचिन कालमा खस राजाहरुको विसाल साम्राज्य भएको भुमि थियो । तिनै भुमिमा खस सासनहरुले नेपाली भाषालाई औपचारिक राजकीय भाषको रुपमा प्रयोग गरेका थिए । उक्त कर्णाली खस मल्ल राजाहरुको स्थिति कमजोर भएको मौकामा जुम्ला क्षेत्रलाई मलै बम्मले आफ्नो अधिनमा लिए । नियालिएर हेर्दा मलै बम्म पछि उनी निसन्तान भएकाले उनका ज्वाई बलिराज जुल्लाका राजा भए ।

ईशाको एघारौं शताब्दीमा खस राजा नागराजले सिंजा साम्राज्यको स्थापना गरेका थिए । भारतको कस्मीरबाट कुमाउ, गढवाल हुंदै उत्तर तिर हिडेका खसहरुले तत्कालिन तिब्बतको राजनैतिक अस्थिरताबाट लाभ लिदै कुटनीतिक चालमा आफू सफल नागराजलाई राजा बनाएका थिए । त्यति बेला कै हाल जूम्ला जिल्लामा पर्ने सिंजा खसहरुको राजधानी बनेको थियो । नागराजको मृत्युपछि उनका छोरा चा“प सिंजाका राजा भए । त्यसपछि क्रमश चापिल्ल, काशी चल्ल, क्राधिचल्ल, काचल्ल, अशोक चल्लले सिंजा साम्राज्यको शासन गरे । अशोक मल्लको देहावसन पछि जिलरी चल्ल गद्दीमा बसे । उनले आफ्नो नामका अगाडि मल्ल लेख्न शुरु गरे । त्यति बेला सिंजा राज्य निकै शक्तिशालि थियो । जितारी मल्लले काठमाण्डौ उपत्यकामा तिन पटक हमला गरेका थिए । उनले पहिलो पटक हमला गर्दा काठमाण्डौमा अनन्त मल्लले राज्य गर्दथे ।

यसरी कर्णाली प्रदेशको सिंजामा जितारी मल्ल पछि यिनका भाई रिपु मल्ल राजा थिए । त्यस पछि क्रमश: आदित्य मल्ल, पप्प मल्ल, पृथ्वी मल्ल र अभय मल्लले सिंज साम्राज्यको शासन गरे । अभय मल्ल वि।स।१४३४ देखि १४४० बिचमा राजा भएको अनुमान छ । यिनका पालामा बर्मा थर भएका भारदाहरु निकै शक्तिशाली थिए । यिनै बर्मा मध्येका मलै बर्माले राजा अभय मल्ललाई अपदस्त गरी आफु राजा भएका थिए ।

त्यस अघि यो साम्राज्य निकै शक्तिशाली, एकीकृत र सुदृढ रहेको बुझिन्छ । इतिहासलाई हेर्दा खस मल्ल राजाको पतन पछि राजा बनेका मलै बर्माले आफ्नो राजधानी हालको कालीकोट जिल्लामा पर्ने खाडाचक्रमा बनाए । यिनकी छोरी माल्ला देवी सग जुम्ला काले गाउ“का सामन्त उत्तम राजाका छोरा बलिराजको विवाह भयो । मलै बर्माले उक्त काले गाउ र जुम्ला क्षेत्र बलि राजालाई दान अंश स्वरुप प्रदान गरे । केही समय सम्म बलि राजा र उनका जेठान मेदिनी बर्माले जुम्लामा संयूक्त शासन गरे । मेदिनी बर्माको मृत्यु पछि उनी निसन्तान भएकाले बलिराज जुम्लाका शासक भए ।

त्यसबेला यिनी जुम्लाका प्रभावशाली शासक थिए । वि.सं. १५०२ मा बलिराज शाहीको मृत्यु पछि उनका छोरा बप्सराज जुम्लाको राज गद्दीमा बसे । त्यसपछि क्रमशः विनयराज, विशेषराज, विबोष राज, मणिराज, भानराज(भान शाही), सलेम शाही, विक्रम शाही, बहादुर शाही। वीरभद्र शाही, पृथ्वीपति शाही, सुरथ शाही, सुर्दशन शाही र सुर्यमान शाही जुम्ला राज्यका राजा भएका देखिन्छन ।

सुर्यमान शाही जुम्ला राज्यका अन्तीम राजा हुन । उक्त गोरखाका राजा पृथ्वी नारायण शाहको वि.स.१८०१ बाट एकिकरण अभियानको थालनी शुरु गरिसकेका थिए । सुर्यमान शाहीले जुम्लाको राजगद्दी समाल्ने बेला सम्म गोरदा राज्य शक्तिशाली भई सकेकोले बाइस–चौबिस राज्यहरु र काठमाण्डौ उपत्यकाका तिन राज्यहरु जितिसकेपछि गोरखाली फौज बाइसी राज्य हान्ने अभियानमा बढि रहेको थियो । यसै क्रममा १८४१ आश्विन ३ गते गोर्खाली फौज जुम्ला तिर बढ्नु भन्दा पहिले विभिन्न राज्यहरुमा दशै तिहार सम्म थप बढी सेनालाई विद्या दिने नियम बनाएर बढ्राएको पाइन्छ । त्यस पछि जुम्लाका तत्कालिन राजा सुर्यमान शाही कमजोरीले छिमेकी राज्यले पृथ्वी नारायण शाहसंग केही साटकाट गर्न आदान प्रदान हुंदा उक्त राज्यमा सेनालाई विद्या दिने रणनिति गर्दा सुर्यमान शाहीले पनी दशै तिहारमा विद्या दिन बाध्य हुनु पर्यो यहि मौका छोपेर युद्ध गर्न केन्द्रिय रणनिति भएको थियो, तर त्यति बेला प्रधानमन्त्री एवं सेनानायक शोभान शाही योग्य चतुर र कुशल थिए । इतिहास कारहरुले यी शोभान शाही सुर्यमान शाहीको काका भएको अनुमान गरेका छन् । यसरी उक्त सेनाले दशै तिहारको मौका छोरी सिञ्जाको राज दरबारमा हमला गर्न पुगेको र उक्त हमलामा गोर्खाली फौजलाई सो राज्यका १ देखि १२ वर्षका लाई त्यही राज्य छोर्डने १२ देखि २५ वर्षका जनतालाई काट्ने अन्य उमेरका लाई केही राज्य निकाला गर्ने र केही केन्द्रिय फौजी संग लिने नितिका साथ रणबहादुर शाहले सिञ्जाको इतिहासको नेपाली भाषको दस्तावेज सम्पूर्ण केन्द्रमा लिई त्यस राज्यको निसाना तोड्दै उनि युद्ध गर्न सफल भएको कुटनिति पाराले गोर्खाली उनको शासनको नाममा उनका काका बहादुर चलाएका थिए । यिनै बहादुर शाहको शासन कालमा १८४३ मा जुम्ला राज्य नेपालमा एकिकृत गरिएको थियो भने हाल आएर २१ औं शताब्दीमा पनि जुम्ला शासित अवश्थामा नै रहन सक्ने अनुभुति गरिन्छ कि ?

कर्णालीका जनताले १२ फाल्गुनमा कर्णाली प्रदेशको नामाकरण पाएका छन् तर उक्त प्रदेशका मुख्यमन्त्री, मन्त्री र सभामुखले पृथ्वीनारायण शाहको जस्तो एकिकरण अभियान इतिहांसलाई तन्काएर खाती राखेर त्यहाको इतिहांसलाई छेकथुन गरेर नामलाई मात्र अब्बल पारेर कर्णाली प्रदेशको खास उद्देश्य र तथ्य अनि कुन कारणले नामाकरण गरियो त्यसको मर्मको भाव नबुझि विकासका बाटाहरु कुठित गरेका त्यहाको इतिहासका पाइलाहरुले कर्णाली प्रदेशको नामलाई सराप्ने हुन सक्छ । त्यसैले त्यहाको इतिहासिक तथ्य इस ११५० देखि १३७६(२२३ वर्ष) सम्म सिञ्जा राज्इ व्यवस्थित किसिमले चलेको पाइन्छ । सो समयमा सिञ्जाका जलन्धर राजाको लहडी स्वभावले सिञ्जा राज्य टुक्रिएर बाइसी राज्इको सल्यान, मालनेटा, पलाबाङ्ग, गुमोकोट, मुसिकोट, दाङ्ग, छिल्ली, जाजरकोट, जाहारी, रोल्पा, बांकी, दुल्लु, दैलेख, गौतम, अछाम, बकिकोट, मुसिकोट, दना, बझांग, बाजुरा, थलहरा थिए भने सिञ्जा सबल राज्य हुंदा गर्मीयाममा सिञ्जा र जाडो याममा दुल्लुमा राजधानी बनाइन्थ्यो भन्ने इतिहांस पाइन्छ, उक्त राज्यका जितारी मल्ल, अशोक मल्ल, बबिराजा जस्ता प्रतापी राजा थिए । सिञ्जा खस साम्राज्यको अन्तिम राजा जालम्धर रहेको बताइन्छ ।

यसरी विभिन्न इतिहांस हुंदा हुदै पनी कर्णाल प्रदेशको राजधानी सुर्खेत राखिएता पनी जुम्लालाई मौसमी राज्य नहुंदा त्यहाको नेपाली भाष, जसलाई पुरानो जमानामा खस भाषा वा खस कुरा भनेर सो उत्पति स्थलका रुपमा सिञ्जा चिनिन्छ भने पौराणिक कालको पाण्डव र कौरबको युद्दमा युद्द स्थल हो भनेर त्यहाको सिलालेख र नामाकरणले अंकित गरिएको पनि पाइन्छ । यसरी विभिन्न युद्दकालदेखि लिएर इतिहांस सम्म बोकेको सिञ्जामा मौसमी राज्य बनाउन केही आपति नपर्ने र कर्णाली राज्यको नामाकरण सहित नामाकरणको पनी औचित्य वहन हने भएकोले सो क्षेत्रमा विकासी मुलधाराका साथ मौसमी राज्यको स्थापना गर्दा पुरानो इतिहांसको भाव र मर्मलाई विश्व सम्पदायले पनि गौरबमान बनाउन सक्छ कि भन्ने कर्णाली प्रदेशको एउटा उद्भास बन्न सकिने अव्वल प्रगट भाव व्यक्त आउन सक्ने कर्णाली प्रदेशको नाम ।
sadarline.com बाट


ताजा समाचार