Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

जाजरकाेटमा टेलिफोन टावर चुनावी नारा मात्र सिमित घण्टाै हिडेर फाेन गर्नुपर्ने बाध्यता

जाजरकोट  ८ चैत । जाजरकाेटका अधिकांस ठाउहरुमा नेपाल टेलिकमकाे स्काइ तथा नमस्तेकाे टेलिफाेन टावर मर्मत सम्भारमा ध्यान नदिदा सेवा ग्राही हरलाइ घण्टाै हिडेर फाेन गर्नुपर्ने बाध्यता कायम रहेकाे छ । भरखरै सम्पन्न प्रदेश सभार प्रतिनिधि सभाकाे निर्वाचनमा बिभिन्न राजनितिक दलले अाफना घाेषणा पत्रहरुमा जाजरकाेट लाइ सुचना सञ्चारकाे पहुचमा पुर्याउने चुनावि नारा लिएर चुनाव लडेता पनि  हाल चुनावि नाराम सिमित रहेका छन ।  राेग भाेग काे मिठा भाषण चुनाबमा चम्काउने राजनितिक दलका नेता तथा कार्यकर्ता हाल चुनाव जितेपछि कुनै समस्याकाे सुनुवाइ नगरेकाे  बारेकोट गाउँपालिका वडा ५ का प्रेम शाहीले बताए हाल सम्म पनि अाफनाे गाउँमा टेलिफाेन टावरकाे समस्याले गर्दा बिहानकाे घाम कुर्नु पर्ने बाध्यता रहेकाे शाहीकाे भनाइ रहेकाे छ । बिहान ९ वजे उनको मोवाईलमा स्काईको नेटवर्क देख्निछ । ९ बजे आएको नेटवर्क करिव १ घण्टा सम्म मात्र काम गरेर फेरी वेलुका ४ बजे मात्र उनको मोवाईलमा देखिने गर्छ  यस्तै समस्यनले स्थानिय लाइ सास्थि भउकाे छ । दिनमा टावर दिएता पनि नेटवर्कले काम नगर्दा अाधा कुरा सुनिने र अाधा कुरा काटिने समस्या जारिरहेकाे स्थानिय बासिले गुनासाे गरेका छन ।
४ बजे देखि करिव ६ वजे सम्म काम गरेर भोली बिहान पुर्न ९ बजेका लागि टावर जाँदा हैरान खेप्नु पर्ने बाध्यता रहेकाे स्थानिय बासिले गुनासाे गरेका छन   । त्यस्तै अर्का वीरेन्द्र एश्वर्य उच्च मावि लिम्सा का शिक्षक कालीप्रसाद थापा दैनिक बिद्यालयको काम गर्नका लागि सयौँ फोन गर्नुपरेपनि घडीको सुई नै हेरेर फोन गर्ने गरेको पिडा सुनाउँनुहुन्छ । ईन्टरनेट त यहाँका स्थानीयलाई कुन चरिको नाम हो भन्ने सम्म भएको थापाले बताए । यहाँका करिब ८ हजार भन्दा बढी स्थानीयहरु यसरी नै दैनिक घडीको सुई हेदै फोन गर्न बाध्य भएको पिडा सुनाउँने गर्दछन् ।

चुनावको समयमा नेकपा  माओवादी केन्द्रका नेता तथा तत्कालिन नेपाल सरकारका बाताबरण तथा  बन मन्त्री शक्तिवहादुर वस्नेतले टेलिफोन सेवा सुधार गर्ने मुख्य नारा नै बनाएका थिए ।बस्नेत जिल्लाकाे जुनिचाँदे गाउँपालिका कुशे गाउँपालिका छेडागाड नगरपालिका  बारेकोट  लगाएतका ठाउमा पुगेर स्वास्थ्य सञ्चारकाे क्षेत्रमा बिशेष पहुच पुर्याउने जनता माज प्रतिबद्धता ब्यत्त गरेका थिए ।  अर्का राजनितिक दल  नेपाली कांग्रेसका नेता राजिवविक्रम शाहले पनि जिल्लाको सञ्चार सेवा भरपर्दो बनाउँने भन्दै चुनाव लडेको थिए । शाहले चुनावमा काम गर्ने मान्छे लाइ पद अावश्यक नपर्ने बताउदै अाफु जाजरकाेटी जनतालाइ हरेक दुख सुखमा साथ दिने बाचा समेत गरे थिए । हाल मंसिरमा सम्पनन प्रतिनिधि सभाकाे निर्वाचनमा नेकपा माअाेवादि केन्द्रका शक्ति बहादुर बस्नेत संग पराजित भए पछि हाल सम पनि शाह जाजरकाेट फर्केका छाैनन ।

शाह चुनावकाे बेला जाजरकाेटकाे दुर्गम कुशे गाउँपालिकाकाे शिउनामा पुगि अाफु जाजरकाेटि जनताकाे सेवा गर्न अाएकाे भनि मिठा भाषण बाढेका थिए उत्त स्थानमा स्वास्थ्य शिक्षा सुचना सञ्चारकाे पहुचमा जाजरकाेटि जनतालाइ अगाडि बढाउने उनकाे नारा हाल पराजित भए पछि नाराम सिमित भएकाे छ । शाह जाजरकाेट जिल्लाकाे क्षेत्र न २ बाट २०७० सालमा निर्वाचित भएता पनि  अाफनाे कार्यकालमा कुनै पनि जन्तालाइ सुचना सञ्चारमा याेग्दान नगरेकाे जुनिचाँदे गाउँपालिका वडा न ७ का स्थानिय बासि राजेन्द्र राेकाले जानकारि दिए । हाल सम्म पनि २ घण्टा हिडेर फाेन गर्नुपर्ने बाध्यता छ । जति नेता अाएपनि कुनै सञ्चारकाे क्षेत्रमा ध्यान दिदैनन हामिलाइ यस्तै दुख रहेकाे स्थानिय बासि राेकाले बताए । २०७० सालमा नेपालि काग्रेसका नेता राजिबिक्रम शाहले जुनि बस्तिम पुगि जिल्लाकाे जनजाति बस्ति रहेकाेले एउटा सामुहिक भवनकाे ब्यबस्थापन गर्ने भनि जन्तालाइ भाेट मागेकाे र चुनाव जितिसके पछि जुनि बस्तीमा नफर्केकाे समेत राेकाले गुनासाे गरे । हाल जिल्लाकाे पश्चिम क्षेत्रमा पनि फाेन सेवाकाे हरिबिजाेग रहेकाे छ ।

मंसिरमा सम्पन्न प्रतिनिधि सभाकाे निर्वाचनमा टेलिफाेन सुचना सञ्चार जनतामाझ पुर्याउन पहल गर्ने भनि प्रतिबद्धता गर्ने नेताहरु  

साथै सम्पन्न प्रतिनिधि सभाकाे  चुनाव बस्नेतले  जिते तर फोन सेवा पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ ।  राजिव चुनावमा पराजित भएपछि जाजरकोट फर्केका छैन्न । स्काई प्राविधिको मात्र टावर हँुदा दैनिक फोनमा समस्य आएको छ । फोन सेवा सुधारका लागि जिल्ला, केन्द्र र प्रदेशमा धाएपनि कसैले ध्यान नदिएको जाजरकाेट बासिकाे  भनाई छ ।

बिरामी हुँदा, कार्यालयको काम गर्दा , नेपाल प्रहरीले सुचना छिटो छरितो दिने लिने काम समेत प्रभावित हुँदै आएको छ । फोन गर्नका लागि  दिनउ हिडेर खबर गर्नु पर्ने बाध्यता जाजरकाेटमा कायम छ ।


ताजा समाचार