Loading... आजः सोमवार, कार्तिक १०, २०७७

आफुलाई जिस्काउने केटा संग सेल्फी खिच्ने अचम्म कि युवती

एजेन्सी । हाम्रो समाजमा बाटोमा हिंड्दै गरेको केटीलाई केटाहरुले जिस्काउनु सामान्य मानिन्छ। तर, कानूनी हिसाबमा र नैतिक हिसाबमा पनि त्यो गलत हो। गलत हो भन्ने थाहा पाउँदा पाउँदै पनि पुरुषहरु त्यसमै रमाउँछन् र महिलाहरुले खुलेर प्रतिवाद गर्न सक्दैनन्।

नेपालमा हुने यस्तो खालको हिँसा युरोपियन मुलुकहरुमा पनि हुँदो रहेछ। एम्स्टरडमकी २० वर्षिया विद्यार्थी नोया जन्स्माको कार्यले यो हिंसालाई बाहिर ल्याइदिएको हो। प्रत्येक दिन यो हिंसाको शिकार भएकी नोयाले चुप लागेर बस्नुभन्दा केही गर्नु उचित ठानिन्।

अबतअबििभचक भनेर जिस्काउने व्यक्तिलाई सम्बोधन गरिने शब्द अबतअबििभचक हो। यही शब्दलाई प्रयोग गरेर नोयाले ‘मभबचअबतअबििभचक ” नामको इन्स्टाग्राम अकाउन्ट खोलिन्।

आफूलाई जहाँ, जसले जिस्काउछ, उसंग सेल्फी लिने र उसले भनेका शब्द सहित उक्त अकाउन्टमा फोटो पोस्ट गर्न थालिन्। उनले पुरुषहरुले महिलालाई गर्ने व्यवहार र त्यसले महिलालाई पार्ने मानसिक असर देखाउन चाहन्थिन्।

नोयाको यो कामलाई उनको देशका अधिकांश व्यक्तिले साथ दिए र फलस्वरुप नोयाको देश नेदरल्यान्ड्सले जनवरी १ , २०१८ देखि लागु हुने गरि यस्तो कार्य गर्ने जोसुकैलाई कडा कारबाही गर्ने कानुन ल्याएको छ।

सम्बन्धित


ताजा समाचार