Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

सुर्खेतमा बेबारिसे अबस्थामा भेटिएका शिशुको उद्धार

सुर्खेत ६ चैत । सुर्खेतको बीरेन्द्रनगरमा बेबारिसे अबस्थामा भेटिएका एकजना शिशुको उद्धार गरीएको छ ।
मंगलबार विहान साढे ६ बजे तिर वीरेन्द्रनगर ६ शनिहल नजिकै बेबारिसे अवस्थामा शिशु रोईरहेको भेटे पछि स्थानियवासीले प्रहरीलाई खबर गरे पछि उद्धार गरिएको थियो ।

शिशु दुई दिन अगाडी क्षेत्रिय अस्पतालमा जन्मेकोे र हिजो सोमबार मात्र डिस्चार्ज गरीएको बच्चा भएको प्रारम्भिक खबर आएको सुर्खेत प्रहरी प्रमुख उमा प्रसाद चर्तुवेदीले बताए ।

क्षेत्रिय अस्पतालका सुचना अधिकारी विनोद विष्टले शिशुको अबस्था सामान्य रहेको जानकारी दिए । शिशुको जन्म अस्पतालमा भए नभएको अहिले नै भन्न नसकिने बिष्टको भनाई छ । शिशुको आमाको हो ? भन्ने थाहा नभएको उनले बताए ।

शिशुलाई उपचारको लागी क्षेत्रिय अस्पताल कालागाँउ लगिएको छ भने शिशुको अबस्था सामान्य रहेको प्रहरी प्रमुख चर्तुवेदीले बताए ।
शिशु कस्ले छोडेको हो यसबारे आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


ताजा समाचार