Loading... आजः बुधबार, कार्तिक १०, २०७८

वीरेन्द्रनगरको विधेयक अधिवेशन बुधवारदेखि सुरु हुदै

सुर्खेत ६ चैत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको हिउँदे सभा तथा विधेयक अधिवेशन भोलीदेखि शुरु हुने भएको छ ।

विशेषगरी नयाँ ऐन, नियम, कानून र निर्देशिका बनाउन तथा चालु आर्थिक वर्षका नीति, कार्यक्रम र वजेटको समिक्षा गर्न अधिवेशन हुन लागेको हो ।

छलफल सात गतेदेखि शुरु भए पनि विषयको गहनताअनुसार करिब तीन दिन सम्म अधिवेशन चल्न सक्ने नगरपालिकाले जनाएको छ ।

आज पत्रकारहरुसँग कुराकानी गर्दै नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले गत असारमा भएको नगर सभाले बनाएका योजनाहरुको समिक्षा गर्दै आगामी वर्षको लागि समेत छलफल गरिने बताए ।

विशेषगरी शिक्षा ऐन, सहकारी ऐन, कृषि प्रवद्र्धन ऐन, न्यायिक समिति कार्यसम्पादन विधेयक गरी विभिन्न नौ वटा ऐन तथा विधेयकमाथि छलफल गरिने उनले बताए ।


ताजा समाचार