Loading... आजः शुक्रबार, अशोज १, २०७८

जाजरकोटमा निशुल्क हाँडजोर्नी तथा नशा सम्वन्धि शल्यक्रिया शिवीर सञ्चालन

जाजरकोट । जाजरकोट अस्पतालमा सोमवार देखि निशुल्क हाँडजोर्नी तथा नशा सम्बन्धि शल्यक्रिया शिवीर सञ्चालन भएको छ । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौंको आयोजनामा जाजरकोट अस्पतालमा निशुल्क हाँडजोनी तथा नशा सम्बन्धि शल्यक्रिया शिवीर सञ्चालन भएको हो ।

स्वीजरल्याण्ड नागरिक टोनी हेगनकी छोरी डा.क्याथ्रिन मेरिन हेगनद्धारा स्वीजरल्याण्डमा स्थापना गरिएको मेड सोलुसन्न फाउण्डेसनको आर्थिक सहयोगमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौं, जिल्ला जनस्वास्थ्य कार्यालय, जाजरकोट, जाजरकोट अस्पतालको आयोजना र भेरी नगरपालिकाको सह–आयोजनामा ५ दिने निशुल्क हाँडजोनी तथा नशा सम्बन्धि शल्यक्रिया शिवीर सञ्चालन भएको नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौंका डिपुटी डाईरेक्टर डा.युवराज खरेलले जानकारी दिए । ५ दिनसम्म सञ्चालन हुने शिवीरमा जाजरकोट, रुकुम, सल्यान, डोल्पा, सुर्खेत लगाएतका नागरिकहरुले ओपिडि तथा शल्यक्रिया सेवा लिन सक्ने डिपुटी डाईरेक्टर डा.खरेलको भनाई रहेको छ ।

शिवीर सञ्चालनको पहिलो दिन सोमबार २ सय २७ जनाले ओपिडि सेवा लिएका थिए भने, मंगलवार ३ सय भन्दा बढीले ओपिडि सेवा लिएको नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौंका वरिष्ठ लेखा अधिकृत सरोज सत्यालले जानकारी दिए । मंगलवार देखि सुरु गरिएको शल्यक्रियाको पहिलो दिन ७ जनाको शल्लीक्रिया गरिएको वरिष्ठ लेखा अधिकृत सत्यालले वताए । शल्लीक्रियाको पहिलो दिन बच्चाहरुको हातमा पिन हाल्ने, शरिरका विभिन्न भागमा भएका गाँठागुठ्ठीको शल्यक्रिया गर्ने काम भएको छ, वरिष्ठ लेखा अधिकृत सत्यालले भने ।

निशुल्क हाँडजोनी तथा नशा सम्बन्धि शल्यक्रिया शिवीरमा स्वीजरल्याण्डकोे मेड सोलुसन्न फाउण्डेसनवाट डा.क्याथ्रिन मेरिन हेगन आफै सहभागी भएकि छन् भने, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौंवाट डिपुटी डाईरेक्टर डा.युवराज खरेलको नेतृत्वमा ५ जना डाक्टर, एक वरिष्ठ लेखा अधिकृत सहित १६ जनाको टीम सहभागी भएको छ । शिवीर १० गतेसम्म सञ्चालन हुने जनाईएको छ ।

डा.क्याथ्रिन मेरिन हेगनको सक्रिय पहलमै यो भन्दा पहिला २०७२ चैत १९ गते देखि २३ गतेसम्म ५ दिने निशुल्क हाँडजोर्नी तथा नशा सम्बन्धि शल्यक्रिया शिवीर सञ्चालन गरिएको थियो । उक्त शिवीरवाट जाजरकोट, रुकुम, सल्यान, डोल्पा, बर्दीया र सुर्खेतका झण्डै १६ सय नागरिकहरुले निशुल्क स्वास्थ्य सेवा लिएका थिए । उक्त शिवीरवाट ६५ जना भन्दा वढीको सना तथा मझौला शल्यक्रिया गरिएको थियो भने, ठुलो शल्यक्रिया गर्नु पर्ने एक दर्जन वढीलाई नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा रिफर गरिएको थियो । त्यसैगरि १६ सय भन्दा बढलिाई स्वास्थ्य परामर्श सेवा दिएको थियो । स्वीजरल्याण्डकोे मेड सोलुसन्न फाउण्डेसनले २०७२ सालमा सञ्चालन गरिएको शिवीरमा झण्डै १० लाख रुपैया खर्च गरेको थियो ।


ताजा समाचार