Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भब्य स्वागत

काठमाण्डाै । आइसीसी विश्वकप छनोट खेल्न जिम्बावे गएको नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ । अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएर घर फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूले भव्य स्वागत गरेका छन्।

समूह चरणमा हङकङलाई पराजित गरेको नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको नेपाली टोली सोमबार साँझ स्वदेश फर्किएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरू गरेको २२ वर्षपछि नेपाली क्रिकेटले हात पारेको यो सबैभन्दा ठूलो सफलतालाई स्वागत गर्ने युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टसहित सयौ क्रिकेट प्रेमी विमानस्थल पुगेका थिए।

 


ताजा समाचार