Loading... आजः आइतवार, कार्तिक ९, २०७७

जाजरकोटमा रिभर गाइड तालिम सञ्चालन

जाजरकाेट ४ चैत । पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने उदेश्यले नलगाड नगरपालिकामा सनिबार देखि आधारभुत रिभर गाइड तालिम सञ्चालन गरिएको छ । नलगाड नगरपालिकाको आर्थिक सहयोगमा भेरी याफ्टिङ्ग एक्सप्लोरर प्रा.लि. खलंगाले उक्त तालिम सञ्चालन गरेको हो । भेरी नदीमा याफ्टिङ्ग गर्नका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नदीमा गाईड गर्न सक्ने जनशक्ति उत्पादन गर्नका लागि आधरभुत रिभर गाईड तालिम सञ्चालन गरिएको भेरी याफ्टिङ्ग एक्सप्लोर प्रा.ली. खलंगा, जाजरकोटका सञ्चालक टकबहादुर घर्ती (मुनाल)ले जानकारी दिए । ७ दिनसम्म सञ्चालन हुने सय घण्टाको आधाभुत रिभर गाइड तालिममा नलगाड नगरपालिकावाट ५ जना र भेरी नगरपालिका–१ रिम्नावाट ५ जना गरि जम्मा १० जना युवाहरु सहभागी रहेको सञ्चालक घर्तीको भनाई रहेको छ ।

पर्या पर्यटनका रुपमा रहेको डोल्पा जिल्लाको से–फोक्सण्डो ताल, जाजरकोट जिल्लामै निर्माण कार्य अघि बढीसकेको ४ सय १० मेघावाट विद्युत्त उत्पादन क्षमता रहेको जलासययुक्त नलसिङ गाड जलविद्युत्त आयोजनालाई आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य स्थलसंग जोडनका लागि आधारभुत रिभर गाइड तालिमले योगदान पुर्याउने सञ्चालक घर्तीले ठोकुवा गरे ।

केही महिना पहिला मात्र कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाण्डौंमा दर्ता भएको भेरी याफ्टिङ्ग एक्सप्लोरर प्रा.लि. खलंगा, जाजरकोटले साहसीक पर्यटन प्रवद्र्धन गर्न पर्वत आरोहण, माउन्टेन मोटरसाईकल रेसिङ, बन्जीङजम्फ, नदी ¥याफ्टिङ्गका लागि पर्यटन उद्योग सञ्चालनमा जोड दिनुका साथै पर्या–पर्यटनका क्षेत्रमा कृषि पर्यटनलाई जोड दिने सञ्चालक घर्तीले वताए । कृषि पर्यटनमा नलगाड नगरपालिकाको पाली–कल्पतको मौरी र महलाई जोड्न सकिने उनले विश्वास व्यक्त गरे ।

सनिवार देखि सुरु भएको आधाभुत रिभर गाइड तालिमको उद्घाटन नलगाड नगपालिकाका उप–प्रमुख बालकुमारी बस्नेतले गरेकी थिईन् । तालिम उद्घाटन पश्चात नलगाड नगपालिका उप–प्रमुख बालकुमारी बस्नेत, नगर स्तरीय नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष मोहनबहादुर खड्का, नलगाड नगरपालिकाका सुचना तथा प्रविधि अधिकृत महेश कुमार अधिकारी, उद्योग वाणीज्य संघ, नलगाड नगर शाखा अध्यक्ष धनबहादुर रावल, नागरीक समाजका प्रतिनिधि दिपबहादुर सुनार, समाजसेवी डिल्ली रावल, पत्रकार लक्ष्मण रसाईलीले भेरी नदीमा याफ्टिङ्ग गरेका थिए । भेरी याफ्टिङ्ग एक्सप्लोरर प्रा.लि. खलंगाले सञ्चालन गरेको आधारभुत रिभर गाइड तालिममा नलगाड नगरपालिकाले २ लाख रुपैया आर्थिक सहयोग गरेको छ भने, कर्णाली याफ्टिङ्ग एण्ड एडभेन्चर प्रा.लि. टिकापुर, कैलालीले प्राविधिक सहयोग गरेको छ । उक्त तालिममा जय वहादुर विक, आशिष खत्री, विर्ख वहादुर विक, राजु रावल, वासुदेव शर्मा, भीमबहादुर विक र चक्रबहादुर विक गरि जम्मा ७ जना प्रशिक्षक रहेका छन् । नलगाड नगरपालिका–८ बगारा देखि दल्ली–कालीमाटी हुँदै सिमखेत सम्मको भेरी नदीमा आधारभुत रिभर गाइड तालिम दिने गरिएको छ ।


ताजा समाचार