Loading... आजः शनिबार, कार्तिक ८, २०७७

जाजरकाेटमा किशोर–किशोरीले नै रोके बाल बिवाह

जाजरकाेट ४ चैत । उमेर नपुग्दै विहे गर्न थालेका एक जोडीको विहे किशोरकिशोरीले नै रोकिदिएका छन् । जिल्लाको भेरीनगरपालिका–११ जगतिपुरकी १४ बर्षिय विमला विश्वकर्मा र भेरीनरपालिका–८ भुरका १७ बर्षिय सन्देश विश्वकर्माको विहे उमेर नपुगेको भन्दै किशोर–किशोरीले रोकेका हुन् ।

केड नेपाल र बहुआयामिक विकास तथा अध्ययन मञ्चले केही दिन अघि त्यहाँका किशोर–किशोरीलाई बालविवाह सम्बन्धि अभिमुखिकरण गर्दै आफु पनि बाल विहे नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता गराएको थियो । उमेर नपुगेका जोडीले विहे गर्न लागेको जानकारी पाएपछि स्थानिय किशोरकिशोरीहरुले ईलाका प्रहरी कार्यालय जगतिपुर, संगठित महिला सञ्जाल, नमुना जोडी अभियाननकर्ता लगायतको रोहवरमा विहे रोकेका हुन् । उनीहरु दुवै जना र उनीहरुका आमाबुवालाई सम्झाई बुझाई २० बर्ष पछि विहे गर्ने सर्तमा आ–आफ्नो घर पठाईएको अभियान्ता सुमित्रा विकले बताईन । सन्देशले ५ कक्षा पढ्दा पढ्दै पढाई छोडिसकेका थिए भने, विमलाले ४ कक्षामा पढाई छोडिसकेकी छन् ।

ुउमेर नपुग्दै गरिने विहेले हुने बेफाईदाबारे किशोर–किशोरीलाई जानकारी गराएपछि उनीहरु आफ्नो स्वास्थ्य प्रति सचेत भएका छन् । उमेर नपुग्दै विहे गर्दा महिलाको स्वास्थ्यमा गंभिर असर पर्नुका साथै अध्ययन अध्यापनमा पनि बाधा पर्ने गरेको छ । सानै उमेरमा रहरले विहे गर्ने तर, उमेर पुगेपछि सम्बन्ध विच्छेद गर्नेहरुको संख्यामा बृद्धि हुँदै गएको, सानै उमेरमा बच्चा जन्माउँदा महिलाहरुमा पाठेघर खस्ने समस्यामा बृद्धि भएको, बच्चाहरु कुपोषित जन्मिने गरेका लगायतका समस्या देखिएपछि आफुहरुले बाल बिबाह रोक्ने अभियान नै थालेका हौु महिला अधिकार मञ्चकी अध्यक्ष शोभा सिहले बताईन ।

यस अघि पनि महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्थाको पहलमा गाँउ–गाँउमा गठन भएका बालक्लवहरुले उमेर नपुग्दै हुने बिबाह रोकेका छन् । जाजरकोटमा अहिले पनि १९ बर्ष नपुग्दै ७४ प्रतिशत किशोरकिशोेरीले विहे गर्ने गरेको तथ्याङक छ । किशोरको तुलनामा किशोरीले छिटै बिबाह गर्ने गरेको महिला तथा बालबालिका कार्यालयकी महिला सुपरभाईजर सकुन्तला आचार्यले बताईन । ६, ७ कक्षामा पढ्दा पढ्दै १३, १४ बर्षको उमेरमा नै विहे गर्ने गरिएको पाईएको छ । उनले भनिन आमाबाबु नै विहे गर्न बालबालिकालाई हौस्याउँछन् । पछिल्लो समय सचेतना कार्यक्रममा बृद्धि भएपछि बालविवाह गर्नेको संख्यामा कमि आउन थालेको छ ।


ताजा समाचार