Loading... आजः आइतवार, अशोज ३१, २०७८

राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता हुने, उत्कृष्ट खेलाडी बहिरा विश्वकपमा सहभागी हुन पाउने

फाइल फाेटाे

कोहलपुर । राष्ट्रिय बहिरा क्रिकेट संघ नेपाल र बाँके बहिरा क्रिकेट संघको संयुक्त आयोजनामा यही चैत २० गते देखी २५ गते सम्म नवौं राष्ट्रिय बहिरा टि ट्वान्टी प्रतियोगिता कोहलपुरमा हुने भएको छ ।

शनिबार कोहलपुरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा सांकेतिक भाषामा बोल्दै बाँके बहिरा क्रिकेट संघका कार्यवाहक अध्यक्ष सन्तोष के.सीले प्रतियोगिता संञ्चालनका लागि करिब ५५ प्रतिशत काम सम्पन्न भईसकेको र बाँकी कामहरु तिव्र गतिमा अगाडि बढाइएको जानकारी दिए ।

६ दिन सम्म संचालन हुने प्रतियोगितामा बाँके, काठमाण्डौ, पोखरा,रुपन्देही,सुनसरी, हेटौडा,धनुषा,मोरङ झापाका गरी ९ वटा टिमहरुको सहभागिता रहने जनाईएको छ । प्रतियोगितामा प्रथम हुनेले टिमलाई नगद ५० हजार द्धितिय ४० हजार र तृृतिय हुने ३० हजार सहित शिल्ड ट्रफी तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले फरक क्षमता भएका व्यक्तित्वहरुले आयोजना गरेको क्रिकेट प्रतियोगिता कोहलपुरको इज्जत र प्रतिष्ठा संग जाडिएको हुनाले उद्योग वाणिज्य संघले आर्थिक तथा अन्य आवश्यक सहयोग गर्ने तयार भएको प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेख बहादुर क्षेत्रीले फरक क्षमता भएका व्यक्तिहरुले आयोजना गरेको क्रिकेट प्रतियोगिता निकै रोचक र आकर्षक हुने हुँदा प्रतियोगिता सफल बनाउन सबै लाग्नुपर्ने बताए । प्रतियोगिताबाट उत्कृष्ट हुने खेलाडीहरुलाई आगामी अक्टोवरमा श्रीलंकाको राजधानीमा कोलम्बोमा आयोजना हुने बहिरा विश्वकपमा टि ट्वान्टी प्रतियोगीतामा सहभागी गराईने संघले जनाएको छ ।

प्रतियोगिता तयारीबारे शनिबार कोहलपुरमा भएको पत्रकार सम्मेलनमा दोभासे सपना अधिकारीले सहजीकरण गरेकी थिइन् ।


ताजा समाचार